ट्रेण्डिङ

कञ्चनपुर, जेठ १३ – नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा शैक्षिक सामग्री सहयोग गरेको छ।

मंगलवार आयोजित कार्यक्रममा अनाथालयमा रहेका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका महासचिव हरिष भट्टले लोकतन्त्रवादी पत्रकारहरूको अगुवाइ संस्था नेपाल प्रेस युनियनले स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रमहरू गरी मनाइरहेको जानकारी दिनुभयो।

“स्थापना दिवसको अवसरमा कञ्चनपुर शाखाबाट अनाथालयमा रहेका साना बाबुहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ, यो सानो सहयोगले बालबालिकालाई हर्षित बनाउने विश्वास लिएको छ,” महासचिव भट्टले भन्नुभयो। साथै, उहाँले सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो।

अनाथालयका संचालक दयाकृष्ण जोशीले स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग गरिएकोप्रति आभार व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूको यस्तो सामाजिक भावनाले थप सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल प्रेस युनियन कञ्चनपुर अध्यक्ष तेजबहादुर सिंह, संस्थापक अध्यक्ष माधव धामी, सचिव देवेन्द्र खडका, कोषाध्यक्ष शंकरदत्त अवस्थी, सदस्यहरू सुजित सिनाल, ऐश्वर्या कुँवर र कविता गौडको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech