ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रम बहादुर चन्दले पुजारा टोलदेखि गिरिभाडा जाने सडक क्षेत्रको कालोपत्रे निर्माण कार्यको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले सडक निर्माणमा संलग्न सम्बन्धित पक्षलाई तोकिएको मापदण्डअनुसार गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ।

वडाध्यक्ष चन्द्रले सडक मजबुत, बलियो र दीर्घकालसम्म टिक्ने गरी निर्माण हुनुपर्नेमा जोड दिँदै कामको गुणस्तरमा कुनै सम्झौता नगर्न चेतावनी दिनुभएको छ। स्थानीय बासिन्दाहरूले पनि सडक निर्माण कार्यलाई लिएर चासो देखाएका छन् र गुणस्तरीय निर्माणको माग गरेका छन्।

निर्माणाधीन सडकले यातायात सहज बनाउनुका साथै स्थानीय व्यापार, पर्यटन र जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। वडाध्यक्ष चन्द्रको सक्रिय अनुगमनले गुणस्तरीय काममा अझ मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech