ट्रेण्डिङ

काठमाडौं, वैशाख २४ — भारत र पाकिस्तानबीच उत्पन्न तनावपछि त्यसले नेपालमा पार्न सक्ने सम्भावित असरबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

बैठकले नेपाल–भारत सीमा क्षेत्र, विमानस्थललगायतका संवेदनशील स्थानहरूमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय गरेको छ। गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार, मुलुकमा कुनै अवाञ्छित गतिविधि हुन नदिनका लागि आवश्यक सुरक्षात्मक उपायहरू अपनाइनेछ।

भारत–पाक तनावको पृष्ठभूमिमा विकसित घटनाक्रम, त्यसको नेपालमा पार्न सक्ने सम्भावित प्रभाव, र ती देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षाबारे पनि बैठकमा चर्चा गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।

“आन्तरिक सुरक्षाका थप तयारी, समन्वय तथा सूचना आदानप्रदानका विषयमा पनि छलफल भएको छ,” उनले भने, “सीमाबाट विमानस्थलसम्मको सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाइनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech