ट्रेण्डिङ

कञ्चनपुर — सुदूरपश्चिम प्रदेशको समग्र पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले कञ्चनपुरमा बैशाख २६ देखि २९ गतेसम्म सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव (Far West Tourism Mart) आयोजना हुने भएको छ।

नेपाल पर्यटन बोर्डको २६ लाख ६० हजार र भीमदत्त नगरपालिकाको ५ लाख रुपैयाँको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवमा भारत र नेपालका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, सरकारी प्रतिनिधि, विज्ञहरू लगायत सयौं सहभागी रहने आयोजकले जनाएका छन्।

महोत्सवको पहिलो दिन सुदूरपश्चिमका पर्यटकीय सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ। दोस्रो दिन सहभागीहरू महाकाली र कर्णाली नदीमा र्याफ्टिङ, टीकापुर र शुक्लाफाँटा निकुञ्जको अवलोकन भ्रमणमा जानेछन्।

भारतको दिल्लीदेखि सीमावर्ती शहरहरूसम्मका पर्यटन व्यवसायीहरूलाई निमन्त्रणा गरिएको र करिब ५० जनासम्मको सहभागिता सुनिश्चित भएको संयोजक राजेन्द्र केसीले जानकारी दिए।

महोत्सवमा सुदूरपश्चिमका कला, संस्कृति, जीवनशैली र पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्देश्य रहेको छ। “बिजनेस टु बिजनेस” छलफल र सञ्जाल विस्तारका कार्यक्रम महोत्सवका मुख्य आकर्षण रहने आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech