ट्रेण्डिङ

भुपेन्द्र ओली, दोधारा चाँदनी वैशाख २३।
कञ्चनपुरको सीमावर्ती क्षेत्र दोधारा चाँदनी। जहाँ विगतमा “सरकारी अस्पताल भनेको कागजी सेवा मात्र हो” भन्ने धारणा बाक्लो थियो। स्वास्थ्य केन्द्रमा उपचार हुँदैन भन्ने बुझाइ आम मानिसमा थियो। बिरामी परेपछि भारततर्फ धाउने बाध्यता थियो। तर यो सबै सोच परिवर्तन भयो, जब एक समर्पित चिकित्सक डा. गगन चौधरीको आगमन भयो।

डा. चौधरी आउनु अघि दोधारा चाँदनी क्षेत्रको स्वास्थ्य सेवा लगभग भारतमा निर्भर थियो। सामान्य रोगको उपचारदेखि आकस्मिक स्थितिमा समेत भारतको खटिमातर्फ लाग्नु पर्‍थ्यो। सरकारी स्वास्थ्य केन्द्रप्रति विश्वास गुम्दै गएको थियो, जहाँ न डाक्टर पाइन्थे, न सेवा।

वि.सं. २०७५ सालमा डा. गगन चौधरीले सरकारी सेवा सुरु गर्नुभयो। सुरुवातमै उहाँले आफूलाई कार्यालय समयभन्दा बाहिर पनि समर्पित गरेर बिरामीलाई सेवा दिन थाले। स्वास्थ्य केन्द्रमा दिनहुँ १०–१५ जना बिरामी मात्र पुग्थे, तर उहाँको निरन्तर उपस्थितिको कारण केही समयमै यो संख्या १५० नाघ्यो। उहाँका कारण अस्पतालमा सरसफाइ, समयपालना र औषधि व्यवस्थापनमा सुधार आयो।

कोरोनाको दोस्रो लहर चरम अवस्थामा पुगेको बेला, स्वास्थ्य सामग्रीको चरम अभावबीच डा. चौधरीले प्लास्टिकको रेनकोट र गमबुट लगाएर बिरामीको उपचार गर्नुभयो। बिदा नलिइ रातदिन काम गर्नुभएका डा. चौधरीले एक महिना कुर्सीमै निदाएर बिताउनुभयो। उहाँ भन्थे, म निदाउँछु भने पनि कुर्सीमै निदाउँछु, तर बिरामीलाई नहेरी सुत्दिन।

उहाँले अस्पतालमा मात्र सीमित नरही गाउँगाउँमा स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम र लक्षित वर्गका लागि निःशुल्क सेवा सञ्चालन गर्नुभयो। महिला, बालबालिका, जेष्ठ नागरिकदेखि सीमान्तकृत समुदायसम्मलाई लक्षित गरेर स्वास्थ्यप्रति सचेत गराउने काम गर्नुभयो।

एक स्थानीय महिला भन्छिन्, “पहिला त अस्पतालमा उपचार हुन्छ र? भन्ने सोच थियो। तर गगन सर आएपछि हामी ढुक्क छौं — सानो रोगको लागि भारत जानु पर्दैन।”

कतिपय कारणवश उहाँले सरकारी सेवा छाड्नुपर्‍यो। तर उहाँको सेवाभाव कम भएन। अहिले उहाँ Aarogya Medicare and Diagnostic Center Pvt. Ltd. मा कार्यरत हुनुहुन्छ, जहाँ पनि नाफा होइन, सेवा नै उहाँको मूल उद्देश्य हो।

उहाँ भन्छन्, स्वास्थ्य क्षेत्रमा व्यापार गर्ने मेरो मनले मान्दैन र गर्दा पनि गर्दिन।
उहाँका लागि स्वास्थ्य सेवा भनेको एक पवित्र जिम्मेवारी हो। “म मेरो तर्फबाट जसरी सकिन्छ, गरिब, दुःखी र पहुँच नपुगेका जनतालाई सेवा दिन्छु,” उहाँको दृढ अठोट छ।

जनतासँग सादगीपूर्वक बोल्ने, सेवाभावले ओतप्रोत रहेर काम गर्ने डा. चौधरी आज पनि जनताको मनमा बस्नुभएको छ। उहाँ आफैं पनि भन्छन्,
जे होस्, अहिले दोधारा चाँदनीको स्वास्थ्य क्षेत्रले फट्को मारेको छ म यसैमा खुसी छु।

डा. गगन चौधरीको समर्पणले दोधारा चाँदनी मात्र होइन, सिंगो सुदूरपश्चिमको स्वास्थ्य सेवामा आशाको उज्यालो देखाएको छ। व्यवसायभन्दा माथि उठेर जनताको सेवा गर्नु नै डा. चौधरीको परिचय हो। उहाँ आजको युगमा दुर्लभ बन्न थालेको “साँचो चिकित्सक” को जीवित उदाहरण हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech