ट्रेण्डिङ

दोधारा चाँदनी, बैशाख २१ – सशस्त्र प्रहरी बल नेपाल, शैलेश्वरी गणबाट ४५ दिने आधारभूत तालिम प्राप्त नगर प्रहरी टोलीलाई दोधारा चाँदनी नगरपालिकाले विशेष समारोहबीच स्वागत गर्दै औपचारिक रूपमा जिम्मेवारीमा खटाएको छ। नगर प्रहरीले स्थानीय शान्ति, सुरक्षा र सुशासनमा योगदान पुर्‍याउने अपेक्षासहित सेवा प्रारम्भ गरेको हो।

नगर प्रमुख किशोर कुमार लिम्बुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र, वडा अध्यक्षहरूको उपस्थिति थियो। कार्यक्रममा नगर प्रमुख लिम्बुले नगर प्रहरीलाई अनुशासित, पारदर्शी र जिम्मेवार ढंगले काम गर्न निर्देशन दिँदै भने, “नगरको सुन्दरता, शान्ति र सुव्यवस्था कायम राख्न नगरप्रहरीले निरन्तर खटिनुपर्छ।”

यद्यपि, नगर प्रहरीको स्थापनालाई लिएर स्थानीय समुदायमा मिश्रित प्रतिक्रिया देखिएको छ। केही नगरबासीले पृथक प्रहरी संरचना आवश्यक नरहेको बताउँदै यसको औचित्यमाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा, “नगरपालिकाको स्रोत सीमित छ। अहिले पनि तलब, योजना कार्यान्वयन र सेवा प्रवाहमा समस्या छ। यस्तोमा थप संरचना आर्थिक रूपमा भारी हुन सक्छ।”

त्यस्तै, केही युवाहरूले भर्ना प्रक्रिया पारदर्शी नभएको भन्दै पहिलेबाट जानकारी राख्ने व्यक्तिहरूले प्राथमिकता पाएको आशंका व्यक्त गरेका छन्।

तर नगरपालिकाले सम्पूर्ण प्रक्रिया कानुनी रूपमै निष्पक्ष र खुला प्रतिस्पर्धाका आधारमा सम्पन्न गरिएको दाबी गर्दै आएको छ।

नगर प्रहरीले अब नगरमा शान्ति र सुव्यवस्था कायम गर्न, नगरपालिका गतिविधिमा सहजीकरण गर्न र जनताको विश्वास जित्नुपर्ने चुनौतीको सामना गर्नेछ। जनताको समर्थन वा असन्तुष्टिको भावी धाराको निर्धारण भने नगर प्रहरीको व्यवहार र कार्यशैलीमा निर्भर रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech