ट्रेण्डिङ

कञ्चनपुर
भिमदत्त नगरपालिका वडा नं. १६ स्थित मझगाउँ विमानस्थलको कालोपत्रे कार्य सुरु गरिएको छ। नगरप्रमुख पदम बोगटीले बुधवार भूमि पूजन गर्दै कालोपत्रे कार्यको औपचारिक शुभारम्भ गरेका हुन्।

विमानस्थल निर्माण तथा विस्तारमा देखिएका समस्या समाधानका लागि दुई दिनअघि नगर प्रमुख बोगटीको कार्यकक्षमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको थियो। सोही छलफलबाट सहमति जुटेपछि तुरुन्तै कालोपत्रे कार्य अघि बढाइएको हो।

नगरप्रमुख बोगटीले भने, “गृहमन्त्री लगायत, प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकायहरूको सहकार्यमा समस्या समाधान भएपछि काम अघि बढ्न थालेको हो। विमानस्थलको विस्तार यहाँका जनताको सपना हो, अब चाँडै परीक्षण उडान हुनेछ।”

विमानस्थल निर्माण कार्यलाई तीव्रता दिनका लागि नेपाली सेनाले प्रयोग गरिरहेको क्षेत्रलाई वैकल्पिक रूपमा व्यवस्थापन गर्ने सहमति पनि सरोकारवालाबीच भएको बोगटीले जानकारी दिए।

यसअघि केही साता अगाडि गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेय, मन्त्रालयका सचिव, प्रधानसेनापति लगायतसंग उच्चस्तरीय छलफल गरी आवश्यक जग्गा व्यवस्थापन र अन्य निर्माण अवरोधको समाधानबारे सहमति जुटाइएको थियो।

सुदूरपश्चिम प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले मझगाउँ विमानस्थल सुदूरपश्चिमको विकासका लागि महत्वपूर्ण पूर्वाधार रहेको बताए। “तीन वटै तहको सरकारको सहकार्यमा निर्माण भइरहेको यो विमानस्थलले आर्थिक, सामाजिक र पर्यटन विकासमा टेवा पुर्‍याउनेछ,” उनले भने।

विमानस्थल निर्माणमा संघ सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गरेका छन्। तीन तहकै सरकारको साझेदारीमा निर्माण भइरहेको यो विमानस्थल देशकै पहिलो हो।

भूमिपूजन तथा कालोपत्रे कार्यको निरीक्षण कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहोरा, नगर उपप्रमुख निलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षहरू, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, पर्यटन व्यवसायीका प्रतिनिधिहरू र स्थानियको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech