ट्रेण्डिङ

महेन्द्रनगर । भिमदत्त नगरपालिका वडा नं. १६ स्थित मझगाँउ विमानस्थलको निर्माण तथा विस्तार कार्यमा देखिएका समस्या समाधानका विषयमा आज (सोमवार) महत्वपूर्ण छलफल सम्पन्न भएको छ । विमानस्थल निर्माण कार्य एवम् विस्तारमा देखिएका समस्या समाधानका विषयमा सरोकारवालाहरुसंग सकारात्मक छलफल भएको नगरप्रमुख पदम बोगटीले बताए । ‘विमानस्थल निर्माण तथा विस्तार कार्यमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरु बिच सकारात्मक छलफल सम्पन्न भएको छ ।’ उनले भने ‘जनताहरुको लामो समयदेखिको सपना साकार पार्न विमानस्थल विस्तार अपरिहार्य छ ।

सबै सरोकार पक्षको सहकार्यले अब यो परियोजना द्रुत गतिमा अघि बढ्नेछ ।’ उनकाअनुसार बैठकले विमानस्थल विस्तारमा अवरोध पु¥याइरहेका संरचनाहरू व्यवस्थापन, नेपाली सेनाका लागि अस्थायी पेरिमिटर फेन्सिङ निर्माण, सुरक्षित बसोबासको व्यवस्था, सोनालाई अस्थायी परेड ग्राउण्डको व्यवस्था, खानेपानी तथा सरसफाइ सुविधा जस्ता विषयमा महत्वपूर्ण निर्णयहरू भएका छन् ।

त्यस्तै, विमानस्थल क्षेत्रभित्रका जग्गा व्यवस्थापन तथा हाल नेपाली सेनाले प्रयोग गरिरहेको क्षेत्रलाई वैकल्पिक रूपमा व्यवस्थित गरी विमानस्थल विस्तार कार्यलाई तिव्रता दिने सहमति भएको नगर प्रमुख बोगटीले बताए । छलफलमा नगर उपप्रमुख निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, नेपाली सेनाका प्रमुख सेनानी कमल सिंह विष्ट, सेनानी रोशन पन्थ, तथा विमानस्थल आयोजनाका आयोजना प्रमुख युवराज रिजाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech