ट्रेण्डिङ

कञ्चनपुर — दोधारा चाँदनी स्थित महाकाली नदीमाथि निर्माण गरिएको चार लेनको भव्य पक्की पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ।
सुन्दर संरचना र अनौठो भव्यता बोकेको यो पुलले महाकालीपारिको दोधारा चाँदनी क्षेत्रलाई महेन्द्रनगरसँग जोड्ने महत्वपूर्ण काम मात्र गरेको छैन, यो आफैँमा एक आकर्षक पर्यटकीय स्थल पनि बनेको छ।

📸 यहाँ हेर्नुहोस्, महाकाली नदीमाथिको मनमोहक दृश्य:

पुलसँगै बनेको आठ किलोमिटर लामो ‘भाइरल रोड’ले थप चर्चा कमाएको छ। बिहान सबेरै र साँझ सूर्यास्तको समयमा यहाँ तस्बिर र भिडियो खिच्न आउने युवायुवतीको भिड लाग्ने गर्छ। सामाजिक सञ्जाल, विशेषगरी फेसबुक र टिकटकमार्फत पुलको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ।

शुक्लाफाँटा नगरपालिका–१ का मदन राना भन्छन्,

“फेसबुक र टिकटकमा महाकाली पुल देखेपछि आउन निकै मन लागेको थियो, साँझ घुम्न झन् रमाइलो लाग्यो।”

पुलमात्र होइन, यहाँबाट दोधारा चाँदनी झोलुङ्गे पुल र शारदा ब्यारेजको पनि रमणीय दृश्यावलोकन गर्न सकिन्छ। भारतबाट समेत धेरै पर्यटक पुल हेर्न आउने गरेका छन्।

पुल वरपरको क्षेत्रलाई थप आकर्षक बनाउन महाकाली पुल आयोजना कार्यालयले चारवटा पोखरी र पाँच हजार बिरुवा रोप्ने योजना अगाडि सारेको छ। पोखरीमा बोटिङ सुविधा हुने र बीचमा सानो टापु समेत रहने छ, जसले यो क्षेत्रलाई अझै रोमाञ्चक बनाउनेछ।

महाकाली पुल आयोजना इञ्जिनियर किशोरराज पाण्डेय भन्छन्,

“पोखरी र हरियाली बनेपछि यहाँको पर्यटकीय गतिविधि झन् बढ्नेछ। अहिले पनि दैनिक दुई–तीन सय पर्यटक आउने गरेका छन्।”

अब दोधारा चाँदनी क्षेत्र केवल नदी पार गर्ने गन्तव्य होइन, एक सुन्दर यात्राको सम्झना बन्दै गएको छ।
तपाईं कहिले आउनुहुन्छ त महाकाली चार लेन पुल घुम्न?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech