ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर — कक्षा ८ को नतिजा माग्दा शिक्षा शाखाले “कम्प्युटर चलेन” भनेर पन्छिएको र पत्रकारलाई उल्टै धम्की दिने शैलीमा बोलेको घटना पछाडि सूचना लुकाउने उद्देश्य देखिएको छ। स्रोतहरूका अनुसार, दोधारा चाँदनी नगरपालिकाभित्रका धेरै सामुदायिक तथा निजि विद्यालयमा नतिजा ‘निल’ आएको छ, जसलाई बाहिर आउन नदिने रणनीति अपनाइएको हुनसक्छ।

शिक्षा शाखाका प्रमुख हरिदत्त जोशी र कर्मचारी पूजा बिष्टले पत्रकारसँग गरेको व्यवहार र भिडियो प्रमाणले सोही आशंका पुष्टि गर्छ। दोधारा चाँदनी खबरले नतिजा माग्दा “अनुशासनमा बसेर बोल्नुपर्छ” भन्ने चेतावनी शैलीमा बोलेको भिडियो अहिले सार्वजनिक रूपमा बहसको विषय बनेको छ।

“नतिजा निल आएको कारण लुकाउन खोजिएको स्पष्ट देखिन्छ,” एक शिक्षक स्रोतले बताए।

यस घटनाले शिक्षा क्षेत्रको वास्तविकताप्रति आँखा चिम्लिने सरकारी प्रवृत्तिलाई उजागर गरेको छ। विगतका वर्षहरूमा पनि नगरपालिकाभित्रको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेको भन्दै अभिभावकहरू चिन्तित हुँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech