ट्रेण्डिङ

सांस्कृतिक चेतनाको जागरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द ‘विश्राम’को अध्यक्षता, नगर प्रमुख किशोरकुमार लिम्बुको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सचिव जगदीश ओझाको उद्घोषणमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको सुरुआतमा साहित्यकार रमेश पन्त ‘मीतबन्धु’ले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा संविधानसभा सदस्य आनन्दी पन्त, भानु बहुमुखी क्याम्पसका प्रमुख प्रकाशबहादुर चन्द, नगर उपप्रमुख गंगादेवी जोशी, पूर्व उपप्रमुख चिनी गिरी, साहित्यकार नारा जोशी तथा पञ्चमराज भट्टलगायतले शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा नन्दादेवी खत्री, चिनी गिरी, खिमा चन्द, सीता भण्डारी तथा मथुरा पन्तलाई “भेटौलो चैतालो सम्मान २०८१” प्रदान गरिएको थियो। त्यस्तै, डा. मोहनप्रसाद पन्त, खिमानन्द बडू र सरस्वती दहाललाई प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको थियो।

कार्यक्रमका क्रममा प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द र प्रगतिशील लेखक संघद्वारा प्रकाशित विभिन्न साहित्यिक पत्रिकाहरू नगर पुस्तकालयका लागि नगर प्रमुख किशोरकुमार लिम्बुलाई हस्तान्तरण गरियो, जसको समन्वय रमेश पन्तले गरेका थिए।

सांस्कृतिक प्रस्तुतिमा चिनाराम नेपाली, देवानीराम औजी, कुम्भसिंह धनाडी र लक्ष्मीप्रसाद भट्टले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

काव्य गोष्ठीमा भारतीय अतिथि साहित्यकार डा. राजबिन्दर कौर, निलेश कुमार र गुरदीप सिंहले काव्यपाठ प्रस्तुत गरे। त्यस्तै, नेपाली साहित्यकार डा. मोहनप्रसाद पन्त, मोहनसिंह पुजारी, सरस्वती भाट धामी, आनन्दी पन्त, वीरबहादुर चन्द ‘विश्राम’, गंगा बिष्ट, खिमानन्द बडू, मनोरमा भट्ट, रमेश पन्त ‘मीतबन्धु’, सीता भण्डारी, लक्ष्मण अधिकारीसहित २० जना सर्जकले आ-आफ्ना सिर्जना वाचन गरे।

कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष ओम बस्नेत, लेखा अधिकृत यज्ञराज लेखक, महिला शाखा प्रमुख डम्मरा पन्त, राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखक र साहित्यकार लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’को विशेष उपस्थिति थियो।

मन्तव्यको क्रममा नगर प्रमुख किशोरकुमार लिम्बुले आफ्नो कार्यकालको यो पहिलो, नौलो र महत्वपूर्ण साहित्यिक कार्यक्रम भएको भन्दै आगामी दिनहरूमा युवा लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। साहित्यप्रतिको रुचि व्यक्त गर्दै उनले विद्यार्थीहरूलाई यस्ता कार्यक्रममा सहभागी गराउनु आवश्यक रहेको धारणा पनि राखे।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको कार्यक्रमको अन्त्यमा सहभागिहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। समापन मन्तव्यका क्रममा अध्यक्ष वीरबहादुर चन्द ‘विश्राम’ले छोटो सूचना र समयको प्रतिकूलताका बाबजुद पनि पाँच दर्जनभन्दा बढीको गुणात्मक सहभागिता भएको उल्लेख गर्दै नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech