ट्रेण्डिङ

नेपाली चलचित्र क्षेत्रमा यतिबेला रिलिज मितिलाई लिएर प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यहीबीच निर्देशक जीवन सिंहको बहुप्रतीक्षित चलचित्र ‘हन्टर (HUNTER)’ को आधिकारिक फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरले चलचित्रभित्रको द्वन्द्व, रहस्य, प्रेम र प्रतिशोधको कथालाई संकेत गरेको छ। पोस्टरमा दुई शक्तिशाली पात्रबीचको आमनेसामने टक्करले दर्शकमाझ उत्सुकता बढाएको छ भने रोमान्टिक जोडीको उपस्थितिले कथामा प्रेमको पाटोलाई पनि झल्काएको देखिन्छ।

क्याच कक इन्टरटेनमेन्ट र ट्राइडेन्ट कन्सेप्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक तथा व्यावसायिक फिल्मका रूपमा निर्माण पक्षले प्रस्तुत गरेको छ।

चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह, गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, सुप्रज्ञा शर्मा, रिहा रावत, रोशनी दाहाल, सोनी लगिन र सुरज भण्डारीलगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका निर्माता ममता सिंह, गोविन्द राज र राज ए. भट्ट हुन्। सह-निर्माताका रूपमा मनिष चन्द, युना शाही र सन्तोष आशना पाल आबद्ध छन्। पोस्टर तथा पब्लिसिटी डिजाइनर रोयल भीमसेन कार्यकारी निर्माताको भूमिकामा रहेका छन्।

यस चलचित्रमार्फत कञ्चनपुरको दोधारा चाँदनीका गोविन्द राजले नेपाली चलचित्र निर्माण क्षेत्रमा औपचारिक डेब्यु गरेका छन्। स्थानीय प्रतिभाको राष्ट्रिय चलचित्र उद्योगमा भएको यो प्रवेशले दोधारा चाँदनीवासीमा पनि उत्साह थपेको छ। ‘हन्टर’ ले प्रदर्शनपछि दर्शकमाझ कस्तो छाप छोड्छ भन्ने प्रतीक्षा अहिले बढ्दो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech