ट्रेण्डिङ

कञ्चनपुर, जेठ २३ दोधाराचाँदनी नगरपालिका–३ स्थित पटेरा खल्ला नजिक निर्माणाधीन सहायक सीमा स्तम्भ नं. ७९८/२ सम्बन्धी समाचार सङ्कलनका क्रममा पत्रकार भूपेन्द्र ओलीको मोबाइल फोन भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) तथा भारतीय अधिकारीहरूको टोलीले नियन्त्रणमा लिएर फोटो तथा भिडियो सामग्री मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले गम्भीर आपत्ति जनाएको छ।

महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनालाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा पत्रकारको पेशागत अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको उल्लेख गर्दै घोर भर्त्सना गरेको छ।

विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा पत्रकारलाई दबाब दिँदै खिचिएका सामग्री मेटाउन बाध्य पारिनु र सञ्चार सामग्री जबरजस्ती नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्य मान्यता, मानवअधिकार तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित प्रेस स्वतन्त्रताका सिद्धान्तविपरीत भएको उल्लेख गरिएको छ।

महासंघले सम्बन्धित भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) तथा भारतीय अधिकारीहरूलाई यस्ता गतिविधि पुनः नदोहोरिने वातावरण सुनिश्चित गर्न माग गर्दै घटनाको सत्यतथ्य छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेही बनाउन नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिअनुसार घटना हुँदा नेपाली सुरक्षा निकाय, विशेषगरी सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू र अन्य सहभागीहरू घटनास्थलमा उपस्थित रहे पनि पत्रकारलाई खिचिएका फोटो तथा भिडियो सामग्री मेटाउन बाध्य पारिएको तथा भारतीय पक्षद्वारा मोबाइल नियन्त्रणमा लिएर सामग्री डिलिट गरिएको विषयमा नेपाली पक्ष प्रभावकारी रूपमा उभिन नसकेको भन्दै महासंघले खेद व्यक्त गरेको छ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिताको पक्षमा आफू सदैव दृढ रहेको उल्लेख गर्दै पत्रकारको पेशागत अधिकारमाथि हुने कुनै पनि प्रकारका अवाञ्छित हस्तक्षेप, दबाब वा अवरोधविरुद्ध निरन्तर खबरदारी गर्ने प्रतिबद्धता दोहोराएको छ।

साथै महासंघले नेपाल भारत सीमा क्षेत्रमा देखिने विवाद तथा संवेदनशील विषयहरूलाई आपसी संवाद, समन्वय र कूटनीतिक माध्यमबाट समाधान गर्न तथा समाचार सङ्कलन गर्ने पत्रकारलाई अवरोध नगरी सत्यतथ्य सार्वजनिक गर्न सहयोगी वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech