ट्रेण्डिङ

दोधारा चाँदनी, काठमाडाैं — नेपाल शिक्षक महासंघ केन्द्रीय आन्दोलन समितिको आह्वानमा मुलुकभर जारी शिक्षकमैत्री आन्दोलन अन्तर्गत दोधारा चाँदनी नगर क्षेत्रका २२ जना शिक्षक तथा कर्मचारी काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलनमा सहभागी भएका छन्।

नगरका विभिन्न सामुदायिक विद्यालयहरूबाट सहभागी शिक्षकहरू महासंघका अध्यक्ष उदय रावतको नेतृत्वमा चैत १९ गते काठमाडौं प्रस्थान गरी आन्दोलनमा नियमित र सक्रिय भूमिका खेलिरहेका छन्।

शिक्षकहरूले उठाएका मुख्य मागहरूमा निम्न विषयहरू प्रमुख छन्:
संविधानको मर्मअनुसार गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने
शिक्षा क्षेत्रको दिगो विकास गर्ने नीति निर्माण
पुरानो शिक्षा ऐन २०२८ को स्थानमा नयाँ विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्ने

शिक्षक महासंघले सरकारलाई पटक–पटक आग्रह गरे पनि माग सम्बोधनमा ढिलासुस्ती भएकाले देशभर आन्दोलन चर्किएको छ। आन्दोलनमा सहभागी शिक्षकहरू काठमाडौंमा विविध कार्यक्रम, जुलुस तथा धर्ना प्रदर्शनमा जुटिरहेका छन्।

स्थानीय तहका शिक्षक, अभिभावक तथा सरोकारवालाहरूले पनि शीघ्र समाधानको माग गर्दै दुबै पक्षलाई संवाद र सहकार्यको मार्ग लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech