ट्रेण्डिङ

दोधारा- दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित सिर्जना आधारभूत विद्यालयका शिक्षक अमरबहादुर बस्नेतको सरुवापछि दोधारा चाँदनीमा राजनीतिक तथा शैक्षिक विवाद चर्किएको छ। नगरपालिकाको नगर शिक्षा समितिले गरेको सरुवा निर्णयपछि अभिभावक, राजनीतिक दलका स्थानीय नेता तथा नगर प्रमुखबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको हो।

नगरपालिकाले शिक्षक बस्नेतलाई अर्को विद्यालयमा सरुवा गरेपछि त्यसको विरोधमा नेकपा एमाले निकट दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोपीलाल कँडेल लगायतको टोलीले राजीनामा दिएको स्रोतले जनाएको छ।

राजीनामाको विषयमा प्रतिक्रिया माग्दा वडा अध्यक्ष कँडेलले भने, मेयरको गतिविधि हेर्दा पहिले नै राजीनामा दिने सोचमा थियौँ, अहिले उचित समय आएको ठानेर निर्णय गरेका हौँ।”

यता सिर्जना आधारभूत विद्यालयका अभिभावकले सरुवा निर्णयप्रति आपत्ति जनाउँदै बस्नेतलाई यथास्थानमै राख्न माग गरेका छन्। अभिभावक भेलाबाट निर्णय गराई नगर शिक्षा समितिमा औपचारिक पत्र पठाइएको बताइएको छ। अभिभावकहरूको भनाइमा बस्नेतले विद्यालयको शैक्षिक सुधार, अतिरिक्त क्रियाकलाप सञ्चालन तथा विद्यार्थीको सिकाइ वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन्।

तर नगर प्रमुखले सामाजिक सञ्जालमार्फत यस विषयमा कडा प्रतिक्रिया जनाएका छन्। उनले विगतदेखि राजनीतिक पहुँचका आधारमा शिक्षक सरुवा रोक्ने अभ्यास चल्दै आएको आरोप लगाउँदै यसपटक त्यस्तो प्रवृत्तिको अन्त्य गर्न खोजिएको संकेत गरेका छन्।

नगर प्रमुखले आफ्नो पोस्टमा सरुवा निर्णयपछि विभिन्न तहमा दबाब सिर्जना गरिएको, जिल्ला तहसम्म कुरा पुर्‍याइएको तथा वडा कमिटीमार्फत निर्णय उल्ट्याउन प्रयास गरिएको उल्लेख गरेका छन्। साथै स्थानीय सरकारको निर्णय कार्यान्वयनमा अवरोध पुर्‍याउने प्रयासलाई संरक्षण गर्न नसकिने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech