ट्रेण्डिङ

समाचार लेखेकै विषयमा पत्रकारमाथि मुद्दा: कञ्चनपुरमा महासंघको आपत्ति

कञ्चनपुर, बैशाख १२ — सुशासनसम्बन्धी समाचार लेखेकै विषयलाई लिएर कञ्चनपुरका एक पत्रकारविरुद्ध जनप्रतिनिधिले उजुरी दिएपछि नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।

महासंघका अनुसार बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले दिएको उजुरीका आधारमा पत्रकार बासुदेव धामी (विमल) विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको छ। यस घटनाप्रति महासंघ कञ्चनपुर शाखाले ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमार्फत असन्तुष्टि व्यक्त गरेको हो।

महासंघले कुनै समाचारप्रति असन्तुष्टि वा आपत्ति भएमा त्यसको कानुनी समाधानका लागि प्रेस काउन्सिल नेपालमा उजुरी दिने स्पष्ट व्यवस्था रहेको उल्लेख गरेको छ। पछिल्ला वर्षहरूमा प्रेससम्बन्धी विवादहरू प्रेस काउन्सिलमार्फत नै नियमन, कारवाही तथा जरिवाना हुँदै आएको सन्दर्भमा सो क्षेत्राधिकार मिचेर विद्युतीय कारोबार ऐन प्रयोग गर्नु उचित नभएको महासंघको धारणा छ।

विज्ञप्तिमा समाचार लेखेकै आधारमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोबाट मुद्दा दर्ता गर्न निर्देशन दिइनु र पक्राउ पुर्जी जारी गरिनु समग्र सञ्चार क्षेत्रमा त्रास सिर्जना गर्ने कार्य भएको उल्लेख गरिएको छ। सार्वजनिक सरोकारका विषयमा समाचार प्रकाशन तथा प्रशारण गर्नु पत्रकारको पेशागत दायित्व भएको जनाउँदै यस्तो कदम संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको महासंघको ठहर छ।

महासंघले पत्रकार धामीमाथि दर्ता गरिएको मुद्दा तत्काल खारेज गरी सम्बन्धित विषय प्रेस काउन्सिल नेपालमा पठाउन कञ्चनपुर प्रहरी प्रशासनसँग माग गरेको छ। साथै, यस विषयमा गम्भीर बन्न महासंघले प्रेस काउन्सिल नेपाललाई समेत आग्रह गरेको छ।

बेलडाँडी पोस्ट र पश्चिम समाचारडटकमसँग आवद्ध पत्रकार धामीले पछिल्ला दिनहरूमा मोफसलमै रहेर सुशासनका मुद्दाहरू उठाउँदै आएका छन्। हाल उनले र उनको परिवारले असुरक्षा महसुस गरिरहेको जानकारी प्राप्त भएको भन्दै महासंघले उनीहरूको सुरक्षाको उचित व्यवस्था गर्न सम्बन्धित निकायसँग अनुरोध गरेको छ।

महासंघले सधैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता दोहोर्याउँदै संविधानले सुनिश्चित गरेको अधिकारको सम्मान गर्न सबै पक्षसँग आग्रह गरेको छ। साथै, सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न पनि आग्रह गरिएको छ।

यस घटनाले समाचारप्रति असहमति जनाउँदै जनप्रतिनिधि तथा सरकारी निकायबाट मुद्दा दर्ता गर्ने प्रवृत्ति बढ्दै गएको संकेत गरेको भन्दै यसले भविष्यमा सुशासनसम्बन्धी समाचार लेखनमै नकारात्मक प्रभाव पार्न सक्ने भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech