ट्रेण्डिङ

डोटी — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन भएको प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम–२०८२ डोटीमा सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी कैलालीको विशेष सहयोगमा चैत्र २० गतेदेखि २४ गतेसम्म डोटीको बडीकेदार गाउँपालिका–१, बिपिनगरमा तालिम सञ्चालन गरिएको थियो।
अखिल नेपाल कबड्डी संघ, काठमाडौं र सुदूरपश्चिम प्रदेश कबड्डी संघको समन्वय तथा डोटी जिल्ला खेलकुद समिति, सिलगढीको आयोजनामा भएको उक्त तालिममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट ३० जना सहभागी भएका थिए।
तालिमको उद्घाटन सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष तथा भीमदत्त नगरपालिका–१० का वडा अध्यक्ष महेश चन्दको प्रमुख आतिथ्यतामा चैत्र २० गते गरिएको थियो। उद्घाटन कार्यक्रममा उनले कबड्डीले देशलाई सबैभन्दा बढी मेडल दिलाउने खेलमध्ये एक भएको उल्लेख गर्दै राजनीतिक चलखेलका कारण यस खेलले उचित स्थान नपाएको टिप्पणी गरे। उनले कबड्डीमा राम्रो भविष्य रहेको बताउँदै खेलमा अनुशासन सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गरे। साथै कबड्डी संघबाट आवश्यक सम्पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे।
विशिष्ट अतिथि तथा अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झाले कबड्डी खेलमा तालिमप्राप्त निर्णायकको अभावका कारण धेरै समस्या देखिएको बताए। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत कबड्डी समावेश भइसकेको सन्दर्भमा निर्णायकको भूमिकामा विवाद बढेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधानका लागि तालिम आवश्यक रहेको बताए।
डोटी जिल्ला खेलकुद समिति अध्यक्ष प्रकाश शाहीले तालिमको सभापतित्व गरेका थिए।
तालिमको समापन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्का (रवि) को प्रमुख आतिथ्यतामा गरिएको थियो। समापन कार्यक्रममा उनले खेलकुदको विकासका लागि दक्ष निर्णायक अत्यावश्यक रहेको उल्लेख गर्दै कबड्डी खेलको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गरे।
पाँच दिनसम्म सञ्चालन भएको तालिमले प्रदेशमा दक्ष कबड्डी निर्णायक उत्पादन गरी खेलको विकास र विस्तारमा टेवा पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech