ट्रेण्डिङ

दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी मा प्रधानमन्त्री कपका लागि तयारीस्वरूप क्रिकेट क्याम्प सञ्चालन हुने भएको छ। स्थानीय क्रिकेट वातावरण र खेलाडीहरूको सक्रियतालाई मध्यनजर गर्दै यहाँ प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो।

दोधारा चाँदनी को क्रिकेटिङ वातावरणलाई ध्यानमा राख्दै कञ्चनपुर जिल्ला क्रिकेट संघ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ बीचको समन्वयमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता का लागि तयारीस्वरूप पीएम कप क्याम्प सञ्चालन गर्न लागिएको हो।

यसअघि धनगढी स्थित फाप्ला क्रिकेट मैदान मा फागुन १२ देखि २४ गतेसम्म सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट खेलाडीहरू छनोट गरिएको थियो। सोही प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूलाई चैत २ गतेदेखि ५ गतेसम्म दोधारा चाँदनीस्थित खेल मैदानमा बन्द प्रशिक्षण दिइने जनाइएको छ।

प्रशिक्षणपछि छनोट भएका खेलाडीहरूलाई चैत ९ गतेभित्र महेन्द्रनगर मा सम्पर्क गर्न संघले अनुरोध गरेको छ। यस सम्बन्धमा दिनेश बहादुर सिंह (कोअर्डिनेटर) र नरेन्द्रराज भट्ट (छनोट समिति सदस्य) लाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ। सूचना सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ का सचिव लक्ष्मण दत्त भट्टले जारी गरेका हुन्।

प्रदेशस्तरको यस्तो प्रशिक्षण तथा खेल गतिविधि दोधारा चाँदनीमा आयोजना हुँदा स्थानीय खेलाडीहरूलाई अनुभव हासिल गर्ने अवसर मिल्ने, खेलकुद पूर्वाधार विकासमा सहयोग पुग्ने तथा युवाहरूमा क्रिकेटप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ। साथै यस्ता कार्यक्रमले क्षेत्रको खेलकुद पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech