ट्रेण्डिङ


काठमाडौं। सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमण गर्दा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी प्रभावित भए। केही घाइते भए भने केहीको ज्यान गयो। परराष्ट्र मन्त्रालयले तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा उद्दार प्रक्रिया अघि बढाइयो।
आक्रमणको चौथो दिन, साउद आफैं विमानमा इजरायल पुगे। त्यहाँको हवाई र रकेट आक्रमणको बीचमा उनी ज्यान जोखिममा राखेर २५४ नेपाली नागरिकलाई सुरक्षित नेपाल फर्काए। यही सक्रियताका कारण उनलाई ‘नागरिकमुखी मन्त्री’ को उपाधि दिइयो। तत्कालीन प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उनको प्रयासको प्रशंसा गरे।
नेता साउदको राजनीतिक यात्रा पनि सुसंगठित विकास केन्द्रित छ। उनी कञ्चनपुर–२ बाट २०५६ मा सांसद, २०७० मा संविधानसभा सदस्य, र २०७९ मा पुनः प्रतिनिधिसभा सदस्य भई परराष्ट्रमन्त्री बनेका थिए।
साउदको पहलमा कञ्चनपुर–२ क्षेत्रका वेदकोट, शुक्लाफाँटा र कृष्णपुरमा १५ वटा पक्की पुल निर्माण भएका छन्। मुख्य पुलहरूमा वेदकोटको पथरिया खोला, चौधर खोला, बलमा नदी, भम्का–बगुन जोड्ने पुल, शुक्लाफाँटाको अनोखी खोला, कृष्णपुर–९ राजघाट–धनगढी जोड्ने पुल लगायत छन्।
सिंचाइ क्षेत्रमा पनि उनले ठुलो योगदान दिएका छन्। कालापानी, मोहना, धारापानी सिँचाइ परियोजनाबाट स्थानीय किसानहरू लाभान्वित भएका छन्। महाकाली सिँचाइको तेस्रो चरणको काम पनि उनले सुरूवात गरेका थिए।
साउदको विकास पहल नदी कटान रोक्न, तटबन्ध निर्माण, सडक सुधार, र स्वच्छ खानेपानी व्यवस्थापनसम्म फैलिएको छ। कृष्णपुर, शुक्लाफाँटा र वेदकोटमा विभिन्न नदी र खोलामा तटबन्ध निर्माण, मोहनामा गुरूयोजना, मालुबेलाको मछेली नदीमा आठ करोडको तटबन्ध, र दयापुर शिविर संरक्षणका लागि १६ करोड विनियोजन गरिएका छन्।
इजरायल उद्दारदेखि स्थानीय पूर्वाधार निर्माणसम्म, एनपी साउदको छवि विकासमुखी र नागरिकमुखी नेता रूपमै स्थापित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech