ट्रेण्डिङ


महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले आफू निर्वाचित भएका बेला पूर्वाधार विकासका महत्वपूर्ण काम अघि बढाइएको बताएका छन्। कृष्णपुर नगरपालिका–१ दोमिल्लामा आयोजित मतदातासँगको भेटघाट कार्यक्रममा उनले चारैतिर जंगल र दुबैतिर खहरे खोलाले घेरिएको बस्तीमा आधारभूत पूर्वाधार निर्माण गरिएको बताएका हुन्। ‘वडा कार्यालयनजिक काठको पुल थियो, म पहिलो पटक निर्वाचित हुँदा पक्की पुल निर्माण गरेको हुँ, ओदाली र खार खोलामा पनि हाम्रै पालामा पुल निर्माण भएको हो,’ उनले भने। बंक–नायल–बुडर सडक निर्माण गर्ने संकल्पअनुसार काम अघि बढिरहेको उनले बताए। ‘चुरे क्षेत्रमा ५ हजार रुख कटान गरेर ट्रयाक खोल्नु सबैभन्दा ठूलो चुनौती थियो,’ उनले भने, ‘मन्त्रालयमा पहल गरेर रुख कटान र ट्रयाक खोल्ने काम सम्पन्न गर्यौं, हरेक वर्ष बजेट विनियोजन भइरहेको छ, काम चाँडै पूरा हुन्छ।’ दोमिल्ला र बेलडाँडी जोड्ने पुल निर्माणको योजना रहेको साउदले बताए। ‘भेटघाट र सुन्दरफाँटा जोड्नका लागि पुल निर्माणाधीन अवस्थामा छ, श्रीपुरमा डीप ट्युबेल निर्माण गरिएको छ,’ उनले भने, ‘सिँचाइ मन्त्री हुँदा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको सुरुवात गरेका थियौं, त्यसपछि निरन्तर रुपमा तटबन्ध गर्दै आएका छौं।’ साउदले केही काम अधुरा रहेकाले पुनः चुनावी मैदानमा उत्रिएको बताए। ‘मैले बोलेका कुरा ५ वर्षका लागि थिए, तर दुई वर्षमै फर्किनुप¥यो,’ उनले भने, ‘अधुरा काम पूरा गर्न फेरि जनतामाझ आएको हुँ।’ उनले आफू जित–हारभन्दा माथि उठेर जनताको सेवा गर्दै आएको बताए। ‘जित हार मैदानमा होला, तर जनतालाई मुटुमा राख्छु, इमान्दारितापूर्वक काम गरेका छौं,’ साउदले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech