ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका–७ कन्चंभोजका ६५ वर्षीय हर्क बहादुर बुढाको मोटरसाइकल प्रकरणले गम्भीर प्रश्न उठाएको छ। तीन वर्षअघि सानो तरकारी पसल चलाइरहेका बेला सशस्त्र प्रहरीले भारतबाट तरकारी ल्याएको आरोपमा उनलाई समातेको र भारतीय नम्बर UK06AM0693 भएको मोटरसाइकल तथा सामान भन्सार बुझाउने भन्दै लगेको उनले बताए। तर अहिले तीन वर्षपछि भने मोटरसाइकल जसको नाममा छ, उनको मोबाइलमा उत्तराखण्ड यातायात विभागको इ–चलान आएको छ। गाडी भन्सार पुगेको भनिएको अवस्थामा भारतमै चलिरहेको देखिनुले घटनालाई थप शंकास्पद बनाएको छ। परिवारका अनुसार सुरुमा प्राविधिक त्रुटी होला भन्ने सोचेर चलान तिरिएको थियो। तर फेरि सोही गाडीको अर्को चलान फोटोसहित आएपछि उनीहरू झन् अचम्ममा परेका छन्। फोटोमा हेल्मेट नलगाई दुई जना सवार मोटरसाइकल स्पष्ट देखिन्छ, जसमा चालक युवा छन् भने पछाडि पगडी लगाएका वृद्ध व्यक्ति बसेका छन्। हर्क बहादुर बुढाका अनुसार त्यही समयमा उनका दुई वटा मोटरसाइकल भन्सारका नाममा लगिएको थियो। छोटो समयमा ठूलो आर्थिक क्षति भएपछि उनले तरकारी पसल नै बन्द गर्नुपरेको र अहिले घरमै चिया पसल गरेर गुजारा गरिरहेका छन्। उनले गम्भीर आरोप लगाउँदै भने, “मोटरसाइकल भन्सार बुझाउन लगेका थिए। तर म आफै भन्सार पुगेर बुझ्दा त्यहाँ पुगेकै छैन। भन्सार नपुर्‍याई भारतमै बेचिएको जस्तो देखिन्छ।” यस विषयमा त्यतिबेलाका सशस्त्र प्रहरीका डीएसपी भिम चन्दलाई सम्पर्क गर्दा उनले तीन वर्षअघिको घटना आफूलाई याद नभएको र यस्तो हुनै नसक्ने प्रतिक्रिया दिएका छन्। भन्सारका नाममा नियन्त्रणमा लिएको भारतीय नम्बरको मोटरसाइकल तीन वर्षपछि भारतमै चलान काटिनु गम्भीर विषय भएको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्। सम्बन्धित निकायले घटनाको सत्यतथ्य सार्वजनिक नगरे विश्वासको संकट झन् गहिरिने उनीहरूको भनाइ छ। यो समाचार आइसके पछि के हुन सक्छ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech