ट्रेण्डिङ

दोधारा – दोधारा चाँदनी नगरपालिकाका उप–मेयर गंगादेवी जोशीको पहलमा राजनीतिक क्षेत्रमा सक्रिय महिलाहरूलाई लक्षित गर्दै महिला सशक्तिकरण तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरका सम्पूर्ण वडाका निर्वाचित महिला सदस्य, नगर कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका महिला अगुवा, दशै वडाका विभिन्न पार्टीमा आबद्ध अगुवा महिलाहरू तथा सहकारी क्षेत्रका महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महिला नेतृत्व, समावेशीता, समानुपातिक प्रतिनिधित्व, महिला अधिकार तथा नेपालको संविधान २०७२ द्वारा प्रदत्त हक अधिकारबारे विस्तृत जानकारी गराइएको कार्यक्रममा महिला हिंसाविरुद्धका कानुनी प्रावधानहरूमाथि समेत छलफल गरिएको थियो। संविधानको धारा ३८, स्थानीय सरकार सञ्चालन ऐन २०७४, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, तेजाब तथा घातक रसायनिक पदार्थ नियन्त्रण ऐन २०७८ लगायतका कानुनी व्यवस्थाका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा अधिवक्ता खेमराज एरीले महिलाहरूको राजनीतिक पहुँच, महिला हक–अधिकार तथा कानुनी संरक्षणका विषयमा जानकारी दिएका थिए। साथै, उनले नेपालको संविधानमा महिलाहरूका लागि व्यवस्था गरिएका विशेष अधिकार, कानुनी उपचारका उपायहरू, तथा महिलाहरूलाई न्याय दिलाउन राज्यका नीति तथा कार्यक्रमहरूको प्रभावकारिता विषयमा चर्चा गरेका थिए।

यसका साथै, मानव अधिकारकर्मी तथा माईती नेपालकी नेतृ महेश्वरी भट्ट, अधिकारकर्मी इस्वरी चन्द सिंह, सुर्जकला रोकाया, जानकी मौनी बिष्ट, अनिता भण्डारी कुँवरलगायतले सहजीकरण गरेका थिए

नगर प्रमुख किशोर कुमार लिम्बू, उप–मेयर तथा न्यायिक समितिका संयोजक गंगादेवी जोशी तथा कार्यकारी प्रमुख गणेश दत्त मिश्रको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमले महिलाहरूलाई सामाजिक, आर्थिक तथा राजनीतिक रूपमा अझ सशक्त बनाउने विश्वास गरिएको छ।

कार्यक्रमको समापन गर्दै उप–मेयर जोशीले महिला नेतृत्वलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech