ट्रेण्डिङ

कञ्चनपुर क्षेत्र नं. ३ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपालबाट उम्मेदवार बनेका भिम कुमालले आजदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरेका छन्। घरदैलो अभियानको सुरुवात दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजबाट गरिएको हो।

घरदैलोका क्रममा कुमालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम र आफ्ना प्राथमिकता प्रस्तुत गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र सुशासनका विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।

लामो समयदेखि सामाजिक अभियान र वैकल्पिक राजनीतिक धारमा सक्रिय रहेका कुमाल पछिल्लो समय उज्यालो नेपालको संगठन विस्तार र जनसम्पर्क अभियानमा सक्रिय रहँदै आएका छन्। परम्परागत राजनीतिक अभ्यासप्रति जनतामा बढ्दो निराशा रहेको उल्लेख गर्दै उनले इमानदार, जवाफदेही र जनमुखी राजनीति आवश्यक भएको बताएका छन्।

उज्यालो नेपालले देशभर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ उम्मेदवार अघि सारेको जनाएको छ। कञ्चनपुर–३ मा भिम कुमालको उम्मेदवारीले स्थानीयस्तरमा नयाँ राजनीतिक बहस सुरु भएको विश्लेषकहरूको भनाइ छ।

घरदैलो कार्यक्रमलाई कञ्चनपुर क्षेत्र नं. ३ का विभिन्न वडामा क्रमशः विस्तार गर्ने तयारी रहेको उम्मेदवार पक्षले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech