ट्रेण्डिङ

हेमा भट्ट, माघ १० कञ्चनपुर। कञ्चनपुरको स्थानीय राजनीतिमा हलचल ल्याउने घटनाक्रमका रूपमा नेकपा एमालेका सक्रिय नेता नारद सुनारले पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक प्रवेश गरेका छन्। लामो समयदेखि एमालेको संगठन सुदृढीकरणमा खटिँदै आएका सुनारको यो कदमले जिल्लाको राजनीतिक वृत्तमा चर्चा र चासो दुवै बढाएको छ। एमाले जिल्ला कमिटी सदस्य तथा भीमदत्त नगरपालिका–१८ का पूर्व वडा सदस्य समेत रहेका सुनारले पार्टीभित्र आफूजस्ता समर्पित कार्यकर्तामाथि निरन्तर उपेक्षा, अपमान र अन्याय सहनुपरेको दाबी गरेका छन्। यही अवस्थाले आफूलाई वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य बनाएको उनको भनाइ छ। नेकपा कञ्चनपुरका नेता मदन सेरालका अनुसार पार्टीभित्र इमानदार आवाजहरूलाई बेवास्ता गर्ने प्रवृत्तिबाट आजित बनेका नेता–कार्यकर्ताहरूका लागि सुनारको निर्णय एउटा सशक्त सन्देश हो। “जनताको पक्षमा उभिन चाहनेहरूका लागि नेकपा सुरक्षित र वैचारिक घर बन्नेछ,” उनले बताए। नेकपाले आयोजना गरेको स्वागत कार्यक्रममा सुनारलाई अबिर, दोसल्ला र माला लगाएर पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा प्रताप तिरुवा, आनन्द सिंह धामी, देवेन्द्र ढुङ्गाना, वीरबहादुर नेपाली, पदमराज जोशी लगायत नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टी प्रवेशपछि बोल्दै सुनारले नेकपाको राजनीतिक विचार, संगठनात्मक अनुशासन र श्रमिक–जनमुखी एजेन्डा आफूलाई प्रेरणादायी लागेको बताए। साथै, एमालेभित्र असन्तुष्ट रहेका अन्य नेता–कार्यकर्ताहरूलाई पनि छिट्टै नेकपामा समेट्ने दाबी गर्दै उनले कञ्चनपुरको राजनीतिक समीकरण फेरिन सक्ने संकेत दिए। नेकपा नेतृत्वले भने सुनारको आगमनले जिल्लामा पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेको छ। जनताको पक्षमा स्पष्ट धारणा राख्ने नेताहरूको सहभागिताले पार्टीलाई अझ बलियो बनाउने उनीहरूको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech