ट्रेण्डिङ

दोधारा चाँदनी (कञ्चनपुर) — कञ्चनपुर क्षेत्र नं.–३ अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसका सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध स्थानीय समूहले पुतला दहन गर्दै विरोध प्रदर्शन गरेका छन्।
पार्टी नेतृत्वले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा नेता रमेश लेखकलाई टिकट नदिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै लेखक समर्थकहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा नाराबाजी गर्दै उनीहरूले पार्टी नेतृत्वविरुद्ध आक्रोश पोखेका थिए।
प्रदर्शनमा सहभागीहरूले हातमा बोकेका प्लेकार्डमा
“कञ्चनपुर क्षेत्र–३ र रमेश लेखक एक पर्यायवाची शब्द हुन्”

“योग्य र सक्षम नेतालाई टिकटबाट वञ्चित गर्नु हाम्रो क्षेत्रलाई तिरस्कार गर्नु हो”
भन्ने नाराहरू लेखिएका थिए।
समर्थकहरूको भनाइमा रमेश लेखकले लामो समयदेखि कञ्चनपुर क्षेत्र नं.–३ मा पार्टी संगठन निर्माण, जनसरोकारका मुद्दा उठान तथा विकासका सवालमा निरन्तर योगदान दिँदै आएका छन्। यस्ता नेताको योगदानलाई बेवास्ता गर्दै टिकट नदिनु पार्टीभित्रै अन्यायपूर्ण निर्णय भएको उनीहरूको आरोप छ।
प्रदर्शन शान्तिपूर्ण रहे पनि पुतला दहन गरिएको घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि खुला रूपमा सतहमा आएको देखिएको छ। यस विषयमा पार्टीको स्थानीय तथा केन्द्रिय नेतृत्वबाट औपचारिक प्रतिक्रिया भने हालसम्म आएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech