ट्रेण्डिङ

दोधारा–चाँदनी। नेपाल मगर संघ दोधारा चाँदनी नगर समितिको आयोजनामा सम्पन्न माघी मिलन महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। मगर समुदायको महान् पर्व माघीको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सभापतित्व नेपाल मगर संघ दोधारा चाँदनी नगर समितिकी अध्यक्ष पार्वती देवी मगरले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना सहभागी हुनुहुन्थ्यो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा दोधारा चाँदनी नगर प्रमुख किशोर लिम्बुनगर उपप्रमुख गंगा जोशीको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले मन्तव्य राख्दै माघी पर्वले आदिवासी जनजातिको सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँहरूले यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन अभि रानाले गर्नुभएको थियो। महोत्सवमा आदिवासी जनजातिको कला, संस्कृति र मौलिक पहिचान झल्किने विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति देखाइएको थियो, जसले दर्शकको मन जितेको थियो।

माघी मिलन महोत्सवले समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक संरक्षणको सन्देश दिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech