ट्रेण्डिङ

दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–१० मा अवस्थित दोधारा चाँदनीकै एक मात्र गौशालामा छाडा चौपाया व्यवस्थापन समिति पुनर्गठन गरिएको छ।

मान बहादुर बुढाको अध्यक्षतामा रहेको समितिको कार्यकाल समाप्त भएपछि आयोजित आम भेलाबाट नयाँ समिति चयन गरिएको हो। नवगठित समितिको अध्यक्षमा सरोज थापा (मिथुन) चयन भएका छन्। उपाध्यक्षमा गीता सुनार, कोषाध्यक्षमा धनसरी बुढा र सचिवमा मोहन सुनार चयन भएका छन्। समितिमा गरी ९ जना सदस्य रहेका छन्।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष मान बहादुर बुढाले आफ्नो कार्यकालमा सबैको सहयोगका कारण गौशालाको संरक्षण र व्यवस्थापनमा निरन्तर प्रयास गरिएको बताउँदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिए। उनले गौशालालाई अझ व्यवस्थित र दिगो बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले गौशाला छाडा चौपाया व्यवस्थापनको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै नयाँ समितिसँग वडा कार्यालय सदैव सहकार्यका लागि तयार रहेको बताए। उनले छाडा चौपायाका कारण देखिँदै आएका समस्या समाधानमा समिति सक्रिय रूपमा लाग्नुपर्ने धारणा राखे।

नव निर्वाचित अध्यक्ष सरोज थापा (मिथुन) ले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै गौशालाको भौतिक सुधार, व्यवस्थापन सुदृढीकरण र छाडा चौपाया नियन्त्रणमा प्राथमिकताका साथ काम गर्ने बताए। उनले सबै पक्षको सहयोग बिना लक्ष्य हासिल हुन नसक्ने भन्दै सामूहिक प्रयासको अपिल गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech