ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका स्थित नगर अस्पतालको बर्थिङ सेन्टरमा रहेका सुत्केरी महिलाहरू तथा विपद् जोखिममा रहेका समुदायका केही बिपन्न परिवारहरूलाई न्यानो कम्बल वितरण गरिएको छ। UNICEF र NNSWA को सहयोगमा आयोजित कार्यक्रममा उपमेयर गंगादेवी देवी जोशी स्वयं नगर अस्पताल पुगेर कम्बल वितरण गर्नु भएको हो।
कम्बल पाएपछि एक सुत्केरी महिलाले भनिन्, “जाडो धेरै बढेको बेला अस्पतालमै न्यानो कम्बल पाउँदा धेरै सहज भएको छ। यस्तो सहयोगले हामीजस्ता गरिब परिवारलाई ठूलो राहत मिलेको छ।”
उपमेयर जोशीले चिसो मौसममा सुत्केरी महिला र जोखिममा रहेका परिवारलाई न्यानो सामग्री उपलब्ध गराउनु मानवीय जिम्मेवारी भएको बताउँदै यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नु भयो। कार्यक्रमबाट लाभान्वित बिरामी र स्थानीय परिवारहरूले सहयोगप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech