ट्रेण्डिङ

दोधारा चाँदनी-कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा स्कार्पियो जिप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। सोमबार साँझ करिब ७:१५ बजे दोधारा चाँदनीबाट पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भीमदत्त नगरपालिका–६ बस्ने वर्ष ३८ का बिक्रम कार्कीले चलाएको SR98V9023 नम्बरको स्कार्पियो जिपले विपरीत दिशाबाट आउँदै गरेको दोधारा चाँदनी–१ भूमिराज टोल बस्ने अन्दाजी २६ वर्षीय बिक्रम जोशीले चलाएको UK06AW5015 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक जोशीको निधारमा चोट लागेको छ। घाइतेलाई तत्काल मन्त्र अस्पताल लगिएको थियो भने थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको छ। चिकित्सकका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech