ट्रेण्डिङ

काठमाडौंको मुलपानीस्थित ग्रीन हिल सिटीमा एकजनालाई एउटा कुकुरले टोकेपछि सम्पूर्ण कुकुरलाई अन्तै लगेर छाडिएको छ । त्यहाँ बसोबास गर्ने एक महिलालाई कुकुरले टोकेको भन्दै गाडीमा राखेर २० हाराहारी कुकुरलाई अन्तै लगेर फालिएको स्थानीयको भनाइ छ।

पशुअधिकारकर्मीहरू कुकुरको अवस्थाबारे बुझ्न जाँदा ग्रीन हिल सिटी समितिका व्यक्ति तथा त्यहाँ बस्नेहरूले तथानाम गाली गर्दै हातपात समेत गरेको सृजना ठकुरीले बताइन् । ‘हामीले त कुकुर कहाँ लगेर फ्यालिएको हो ? उनीहरू मारिएका छन् वा जीवितै छन् ? भनेर सोधीखोजी गर्न गएका थियौं’ ठकुरी भन्छिन्, ‘ती अवोध कुकुरहरूको बिजोग नहोस् र अलपत्र नपरुन भनेर मात्र हामीले सरोकार राखेका हौं तर उनीहरूले हामीलाई उल्टै दुर्व्यवहार गरे ।

सृजना ठकुरी वर्षौंदेखि अलपत्र सडक कुकुरको स्यहारसुसार गर्दै आइरहेकी छिन् । उनले छुटै आश्रयस्थल बनाएर घाइते र बेवारिसे कुकुरहरूलाई खानपिन र औषधिउपचार गराउने काम गर्छिन् । उनका अनुसार ग्रीनहिल सिटी आसपासमा रहेका दर्जनौं कुकुरलाई कतै लगिएर छाडिएको छ । ‘ती कुकुहरू त्यहीँ जन्मिएर, त्यही हुर्किएका हुन् । उनीहरूको पनि त्यो आफ्नो ठाउँ हो’ ठकुरी भन्छिन्, ‘यदि तिनीहरूले टोक्यो, आक्रमण गर्‍यो भने सम्बन्धित निकायमा गएर व्यवस्थापनको जिम्मा लगाउन सकिन्छ ।

कुनै पनि कुकुर आक्रामक भएको वा बौलाएको अवस्थामा सो कुकुरलाई नियन्त्रणमा लिई उचित व्यवस्थापन गर्ने प्रावधान छ । तर, कुनै कुकुरलाई आक्रमण गर्‍यो भन्दै जथाभावी मार्न, हिर्काउन, लखेट्न पाइँदैन । पशु कल्याण ऐनमा यस्तो कृत्य गर्न नपाइने स्पष्ट उल्लेख छ । त्यसो गरिएको अवस्थामा दण्ड जरिवाना लाग्ने अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन्। ‘यदि उक्त कुकुर आक्रामक थियो वा बहुलाएको थियो भने पनि हामीले त्यसलाई कहाँ लाने वा के गर्ने भन्नेमा सहजीकरण गरिदिन सक्थ्यौं’ ठकुरी भन्छिन्, ‘तर आफूखुसी मार्न वा कतै लगेर फ्याक्न मिल्दैन । यो अमानवीय काम हो।

एउटा कुकुरले आक्रमण गरेको निहुँमा अरु दर्जनौँ कुकुरलाई उठाएर कतै टाढा जंगलमा फ्याकिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् । ‘अरु कुकुरको के दोष थियो, के उनीहरू बाँच्न पाउँदैनन्, उनीहरूको पनि यो धर्ती होइन सबैकुरा मान्छेले मात्र रजाइँ गर्न पाउने हो र ?’ उनी भन्छिन्, ‘मान्छेले आफूखुसी जे पनि गर्न पाउने छुट त छैन होला।’ प्रहरीमा उजुरी दिने तयारीमा रहेको उनले जानकारी दिइन् । ग्रीनहिल सिटी हाउजिङ समितिका अध्यक्ष र त्यसमा संलग्न महिलालाई यो घटनाको बारेमा जानकारी लिनका लागि अनलाइनखबरले सम्पर्क गर्न खोज्दा उनीहरू उनीहरू सम्पर्कमै आउन चाहेनन् ।

कुकुरको अवस्था बुझ्न जाँदा हातपात भयो पशु अधिकारकर्मी सविना अपगाईँ कगेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानीमा रहेको ग्रीनहिल सिटीमा वर्षौंदेखि टन्नै कुकुर छन् । त्यहाँको एउटा कुकुरले एक जनालाई टोकेको रहेछ । यही कारणले गर्दा त्यस ग्रीनहिल सिटी हाउजिङ सुधार समितिका अध्यक्ष र एक जना महिला मिलेर कागेश्वरी मनोहरा नगरपालिका पशु शाखालाई त्यो टोक्ने कुकुरबारे जानकारी दिनुभएको रहेछ। त्यो टोक्ने कुकुरसहित त्यहाँ भएको सम्म्पूर्ण कुकुरलाई त्यहाँबाट हटाउन भनिएको रहेछ । पशु शाखाले भने त्यहाँ जन्मेर त्यहीँ हुर्केका कुकुरले त्यहीँ बस्न पाउनुपर्छ । त्यहाँबाट हटाउन मिल्दैन तर टोक्ने कुकुरलाई भने व्यवस्थापन गर्छौ भन्ने प्रतिपक्रिया दिएको रहेछ।

त्यसपछि समितिका अध्यक्ष र ती महिलाले टोक्ने कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन भनी एक जना भेटलाई बोलाएछन्। कुकुर अलि आक्रमक भएकाले जाली पनि लिएर आउनू भनेछन् । ती भेट आएपछि कुकुरलाई खोप लगाउन होइन समातेर गाडीमा हाल्न लगाएछन् । ती भेटले कुकुरलाई समातेर कहाँ लैजान आटेँको भनेर सोध्दा उनीहरूलाई व्यवस्थित तरिकाले अन्तै सार्न आँटेको भनेछन् । त्यस हाउजिङमा बस्ने मान्छेहरूलाई भने रेबिजको सुई लगाउन लैजान आँटेको भनेर लिएर गएछन् ।

तर, बेलुका कुकुर फर्किएन त्यसपछि त्यहाँका स्थानीयले हामीलाई खबर गरेपछि शनिबार बिहानैबाट हामी कुकुरको खोजी कार्यमा लाग्यौँ तर कुकुरको कुनै पत्तो लागेन । अब समितिको अध्यक्षलाई नै भेटेर कुकुरको बारेमा सोध्ने भनेर हामी केही पशु अधिकारकर्मी त्यहाँ पुग्दा समितिका र त्यहाँ बस्ने व्यक्तिहरूले मुख छाड्दै हामीमाथि हातपात नै गरे । अहिलेसम्म कुकुरलाई कहाँ लगेर छाडिएको छ भनेर पत्ता लागेको छैन । त्यसैले कुकुरहरूलाई फ्याक्नेहरूको विरुद्धमा उजुरी गर्नका लागि हामी बौद्ध चौकी जाँदैछौँ ।

News Source click here

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech