ट्रेण्डिङ

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ निर्माण घोषणादेखि चर्चामा छ । चैत अन्त्यदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अहिले पनि कास्टिङ जारी छ । फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा पेश गर्नेछ । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी र रेयर राई कलाकारको रुपमा अनुबन्धित छन् । यो लाइनअपमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेता सुशांक मैनाली पनि जोडिएका छन् । मैनालीको यो ९ वर्षपछि फिल्ममा पुनरागमन हुनेछ ।

उनी पछिल्लोपटक फिल्म ‘जंगे’मा देखिएका थिए । त्यसअघि उनले ‘को आफ्नो’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘साँघुरो’मा अभिनय गरेका छन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । सुशांक प्रदर्शन तयारीमा रहेको फिल्म ‘भूठान’का निर्मातामध्येका एक हुन् । फिल्म प्रचारका लागि उनी यतिबेला काठमाडौंमा छन् । सन् २०१४ मा रिलिज भएको ‘साँघुरो’बाट उनले अभिनेता विधामा राष्ट्रिय चलचित्र अवार्ड जिते ।

मैनालीको प्रवेशले निर्माण टोलीलाई थप ऊर्जा मिलेको असोसियट निर्देशक मनीष राउतले बताए । यो फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई पेश गर्नेछ । फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । यो फिल्मको प्रदर्शन आगामी तीजको अवसरमा भदौ १० गतेलाई तय गरिएको छ ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको फिल्मको पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । छायांकन चैत २५ गतेदेखि ४० दिनको सेड्युल अनुसार पाल्पा र काठमाडौंमा गरिनेछ । लगानीकर्ता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन् ।

News Source click here

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech