ट्रेण्डिङ

इरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन्। उनले इरान वार्ताका विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने जानकारी दिँदै उनले केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको बताए।

ट्रम्प प्रशासनले तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिएको छ। राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि अमेरिकाले पहिले आफ्नो गल्ती सुधार्नुपर्ने र जबसम्म अमेरिकाले विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव नभएको बताए। इरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी दिए।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा इरानले सम्झौतामा सहमति जनाएन भने अमेरिकाले बम आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। उनले चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी पनि दिएका छन्।

विश्लेषकहरूका अनुसार, इरानले ट्रम्पप्रति विश्वास नगर्नु ठीक हो, किनभने उनले २०१५ मा भएको आणविक सम्झौता तोडेका थिए। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले अमेरिकासँग वार्ताका लागि सबै ढोका बन्द नभएको बताए। उनले अप्रत्यक्ष वार्ताबाट इरानले अर्को पक्षको मनसाय बुझ्ने र त्यसपछि उचित निर्णय गर्ने बताए।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले आणविक हतियार बनाउन लागेको छैन, तर ऊसँग आवश्यक आणविक सामग्री भने छ। इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गरिरहेको छ। अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र कमजोर बनेको छ, जसले वार्तालाई अझ महत्त्वपूर्ण बनाएको छ। तर इरानले प्रत्यक्ष वार्ता गर्न असहमति जनाएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ।

News Source click here

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech