ट्रेण्डिङ

म्यानचेस्टर सिटी र एस्टोन भिल्लाले अन्तिम चारमा स्थान बनाएसँगै एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार राति भएको खेलमा म्याचेष्टर सिटीले बर्नमाउथमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।

अर्को खेलमा एस्टोन भिल्लाले प्रिस्टोन नर्थ इण्डमाथि ३–० फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ। सिटीले अब एफए कपको फाइनलमा स्थान बनाउन नटिङ्घम फरेस्टको सामना गर्नेछ। सेमिफाइनल खेल बेम्वेली स्टेडियममा हुनेछ।

फरेस्टले क्वार्टरफाइनलमा ब्राइटनलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो। फरेस्ट सन् १९९१ पछि पहिलो पटक एफए कपको सेमिफाइनल पुगेको हो। अर्को सेमिफाइनलमा क्रिस्टल प्यालेस र एस्टोन भिल्ला भिड्नेछन्।

क्रिस्टल प्यालेसले क्वार्टरफाइनलमा फुलहामलाई ३–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको थियो। अर्को खेलमा प्रिस्टोन नर्थ इण्डमाथि ३–० को फराकिलो जित निकाल्दै एष्टोन भिल्ला एफए कपको सेमिफाइनल पुगेको हो। सेमिफाइनल खेलहरु अप्रिल २६ मा हुनेछ।

News source nepalikhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech