ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा नयाँ कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीको स्वागत तथा परिचयात्मक कार्यक्रम बिहीबार सम्पन्न भएको छ। कार्यक्रम भन्दा बढी चर्चा भने प्रहरीको व्यवहारमाथि जनप्रतिनिधि र स्थानीय नेताहरूको असन्तुष्टिले पायो।

कार्यक्रममा पूर्व राज्य मन्त्री मान बहादुर सुनार, प्रदेशसभा सदस्य बेलबहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाकी पूर्व उप–प्रमुख चिनी ओझा गिरि, विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य राना मगरले दोधारा चाँदनीलाई हेर्ने दृष्टिकोण नै विकृत रहेको भन्दै तीखो टिप्पणी गरे। “यहाँका जनतालाई सधैं अपराधीको नजरले हेरिन्छ। आफ्नै नगरमा उत्पादन भएको सामान सदरमुकाम लैजाँदा समेत प्रहरीको झन्झट भोग्नुपर्छ,” उनले भने।

त्यस्तै वडा नं. ८ का वडाध्यक्ष ओमप्रकाश रोकायाले प्रहरीमाथि खुलेर आक्रोश पोख्दै भने, “हिजो ‘जानुस्’ भन्नेले आज किन बोलाएको? प्रहरीको व्यवहार नै असमान छ।” उनले जनप्रतिनिधिको कुरा नसुन्ने तर व्यापारीको आदेशमा चल्ने प्रवृत्तिलाई समेत प्रश्न गरे। वडाध्यक्ष भक्तबहादुर सुनारले पनि रोकायाको समर्थन गर्दै “जनप्रतिनिधिलाई समेत सम्मान नगर्ने प्रहरीसँग जनताको अपेक्षा के गर्ने?” भन्दै असन्तुष्टि जनाए।

वडा नं. १० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले नगरका युवाहरू लागूऔषधमा फस्दै गएको भन्दै प्रहरी प्रशासनले ठोस कदल चाल्नु पर्ने उनले भने।

कार्यक्रममा सिमाना नियन्त्रण, चोरी, मोटरसाइकल आतंक र लागूऔषधजस्ता समस्यामा खुलेर छलफल भए पनि अधिकांश वक्ताहरूले प्रहरीको जनमैत्री भूमिकामाथि प्रश्न उठाए।

कार्यक्रमको अन्त्यमा प्र.नि. कृष्ण सोनीले “कानुन अनुसार काम गरिने” भन्दै कर्मचारीका त्रुटि सुधार्ने प्रतिबद्धता जनाए। तर सहभागीहरूका अनुसार, “नयाँ नेतृत्वको जोश सुरुवाती एक–दुई महिनासम्म मात्रै देखिने हो, त्यसपछि फेरि पुरानै ढर्रा फर्किन्छ” भन्ने जनविश्वास अझै कायमै छ।

यसअघि इलाका प्रहरी कार्यालयमा कार्यरत प्र.नि. जगत गाहामगर को सरुवा भएपछि कृष्ण सोनीले जिम्मेवारी सम्हालेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech