ट्रेण्डिङ

दोधारा चाँदनी । दिपावलीको उल्लासमय अवसरमा दोधारा चाँदनी नगरपालिकामा आयोजित “७–ए साइड खुल्ला फुटबल कप २०८२” प्रतियोगिता मंगलबार सम्पन्न भएको छ।

प्रतिभा युवा क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए। खेलहरू दोधारा चाँदनी नगरपालिका–९ स्थित अम्बिका माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएका थिए।

फाइनल खेल बराल ब्रान्ड एफसी र न्यु तेज सुनचाँदी पसलबीच भएको थियो। निर्धारित समयसम्म दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा न्यु तेज सुनचाँदी पसल विजयी बन्न सफल भयो।

विजेता टिमले नगद रु. ५१ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता बराल ब्रान्ड एफसीले नगद रु. २५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक अध्यक्ष सन्दीप काजी बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech