ट्रेण्डिङ

“दोधारा चाँदनीका साँचाकै नायक” भन्दै सामाजिक सञ्जालमा प्रशंसा

भुपेन्द्र ओली। दोधारा चाँदनी नगरपालिका–०६ स्थित Aarogya Medicare and Diagnostic Center मा कार्यरत डा. गगन चौधरीले स्वास्थ्य समस्या र आर्थिक कठिनाइमा परेकाहरूका लागि सहयोगको हात बढाउने घोषणा गरेपछि सामाजिक सञ्जालमा उनलाई शुभेच्छा र प्रशंसा व्यक्त गर्नेहरूको ओइरो लागेको छ।

डा. चौधरीले सामाजिक सञ्जालमार्फत लेखेका थिए सधैं मैले भोग्ने कुरा, सबैले भन्ने कुरा दोधारा चाँदनीमा स्वास्थ्य समस्या हुँदै गर्दा धेरैको खर्चको समस्या पर्ने रहेछ। म प्राइभेट क्लिनिकमा काम गर्ने भए पनि हजुरहरूलाई स्वास्थ्य समस्या पर्‍यो र हजुरलाई आर्थिक समस्या पर्‍यो भने हजुरहरूले मलाई भन्नु होला। यहाँ स्वार्थ लिने त धेरै छन्, त्यो आफ्नै ठाउँमा होला, तर पीडा भएर बेसहारा कोही हुनुहुन्छ भने मलाई मेरो नम्बर ९८४०१५४१२९ मा कलगर्नुभयोला। मैले सकेसम्म प्रयास गर्नेछु। घाउ निको गर्न नसकेला तर घाउ निको गर्न प्रयास गर्नेछु।

उनको यो निस्वार्थ भावना र मानवीय सन्देशले दोधारा चाँदनीका बासिन्दामाझ ठूलो प्रभाव पारेको छ। धेरैले उनको सेवाभाव र समर्पणको खुलेर प्रशंसा गरेका छन्।

श्रीनाथ बराल लेख्छन्, “हामीलाई तपाईंप्रति गर्व छ डाक्टर साब। कोभिड महामारीको समयमा तपाईंले गरेको सेवा, सहयोग र मानवीय व्यवहार कहिल्यै बिर्सन सकिँदैन।”
मनोज भट्ट भन्छन्, “स्वार्थ लिनेहरूको भीडमा निस्वार्थ सेवा दिनेहरूलाइ हृदयदेखि धन्यवाद।”
मथुरा पन्त लेख्छिन्, “हृदयदेखि नै नमन डाक्टर साब।”
शान्ति तिवारी भन्छिन्, “जय होस् आदरणीय सर, नमन।”
कृष्णनन्द भट्टका अनुसार, “भनिन्छ, डाक्टर भगवानको अर्को रूप हो, र तपाईंले त्यसलाई अहिलेको समयमा प्रमाणित गर्नुभएको छ।”
रोशनी सुनार लेख्छिन्, “हृदयदेखि नै सम्मान छ हजुरलाई सर, हजुर जस्तो डाक्टर पाउनु दोधारा चाँदनीबासीको लागि सौभाग्य हो।”
अमित बस्नेत भन्छन्, “तपाईं त भगवानको साक्षात् दोस्रो रूप हो डाक्टर साब, धन्यवाद छ।”
त्यस्तै राजेन्द्र मल्ल लेख्छन्, “हृदयदेखि सम्मान गर्दछु डा. साहेब।”

यी प्रतिक्रियाहरूले जनाउँछ  डा. चौधरीप्रति जनताको माया, विश्वास र सम्मान निकै गहिरो छ। कोभिड–१९ महामारीका कठिन दिनदेखि नै उनी समुदायका लागि समर्पित रूपमा सेवा गर्दै आएका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार, डा. गगन चौधरी केवल चिकित्सक होइनन्, उनी मानवता र सेवाको प्रतीक हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech