ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको नगर उपप्रमुख गंगा देवी जोशीले नागरिक आरोग्य सेवा केन्द्र, दोधारा चाँदनीलाई 84,२३1 रुपैयाँ मूल्य बराबरको आयुर्वेदिक औषधि सहयोग गरेकी छिन्।

सोमबार एक कार्यक्रमबीच नगर उपप्रमुख जोशीले औषधिहरू हस्तान्तरण गरेकी हुन्। यस अवसरमा उनले स्वास्थ्य सेवा केन्द्रहरूलाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आयुर्वेदिक उपचार पद्धति प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

उक्त औषधिहरू बाथ रोग, ग्यास्ट्रिक, पथ्थरी, सुगर, नसा सम्बन्धी समस्या, स्तनपाई, उच्च रक्तचाप, अनिन्द्र, थकान, कमजोरी जस्ता रोगहरूको उपचारका लागि प्रदान गरिएको थियो।

नगर उपप्रमुख जोशीले यसै वर्षमा पाँचौं पटक औषधि सहयोग गरेकी हुन्। यस निरन्तर सहयोगका कारण स्वास्थ्य सेवा केन्द्रलाई आवश्यक पर्ने औषधिहरू सहज रूपमा उपलब्ध हुन सकेको छ।

यस औषधि सहयोग सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढी, कैलालीले उपलब्ध गराएको हो।

नागरिक आरोग्य सेवा केन्द्रका प्रतिनिधिहरूले नगरपालिकाको यस सहयोगप्रति आभार व्यक्त गर्दै यसले स्थानिय तहमा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच बढाउने विश्वास व्यक्त गरे।

स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको सक्रिय सहभागिताले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने हुँदा भविष्यमा पनि यस्ता पहल निरन्तर गर्नुपर्ने स्थानीयबासीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech