ट्रेण्डिङ

कञ्चनपुर, भदौ २०
कञ्चनपुरको भिमदत्त नगरपालिका–१० अन्तर्गत पर्ने गड्डाचौकी–जिम्मुवा–ब्रह्म्देव लिंक सडकको निर्माण कार्य सुरु हुने भएको छ। पाण्डव निर्माण सेवाले निर्माणको ठेक्का पाएको यो सडक पहिलो चरणमा करिब ३ करोड रुपैयाँको लागतमा निर्माण हुने भएको हो।

भिमदत्त–१० का वडा अध्यक्ष महेश चन्दका अनुसार पहिलो चरणमा बाटो ७ देखि ८ मिटर चौडाइमा विस्तार गरिनेछ। उनले सडक निर्माणको क्रममा स्थानीय बासिन्दाहरूलाई सहजीकरणमा सहयोग गर्न आग्रह गर्दै, सम्पूर्ण निर्माण कार्यको निगरानी पनि गर्न सबैमा अपिल गरेका छन्।

यो सार्वजनिक सरोकारको काम हो। हामी सबैको कर्तव्य हो कि काम गुणस्तरीय छ कि छैन भनेर हेरचाह गर्ने, अध्यक्ष चन्दले भने।

यसैबीच, स्थानीय बासिन्दाहरूले यस क्षेत्रको सडक अवस्था वर्षौंदेखि जर्जर रहेको भन्दै गुणस्तरीय निर्माणको माग गरेका छन्। स्थानीय दिपक कार्कीले भने, यो सडक बिग्रिएको ८–१० वर्ष भइसक्यो। अब ठेक्का लागेकोमा हामी खुसी छौं। हामीबाट हुने साथ र सहयोग पूरा हुनेछ, तर काम गुणस्तरीय र फराकिलो हुनु पर्छ।

उक्त सडक खण्ड दैनिक अत्यधिक सवारी साधनहरूको चाप हुने क्षेत्र हो। सडक साँघुरो र जोखिमपूर्ण रहेकाले दुर्घटनाको जोखिम समेत बढिरहेको स्थानीयहरूको भनाइ छ। त्यसैले सडक विस्तार र स्तरोन्नति अपरिहार्य रहेको जनाइएको छ।

स्थानीय सरकार तथा निर्माण कम्पनीको सक्रियतामा यो सडक निर्माणले क्षेत्रको यातायात सहज बनाउने, साथै स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech