ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका–७ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा २०८२ साल असोज १३ गते रामलीला मंचको भव्य उद्घाटन गरिएको छ।

रामलीला व्यवस्थापन समितिद्वारा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता समिति अध्यक्ष इन्द्र बहादुर रावतले गर्नुभयो। प्रमुख अतिथि प्रदेशसभा सदस्य बेल बहादुर राना रहनु भएको कार्यक्रममा नगरप्रमुख किशोर कुमार लिम्बू, वडा अध्यक्षहरू, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै समिति अध्यक्ष इन्द्र बहादुर रावतले भन्नुभयो, “हाम्रो संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पुस्तामा धार्मिक आस्था र संस्कारलाई जगाउने उद्देश्यले रामलीला मंचको स्थापना गरिएको हो। यसले स्थानीय एकता र सहकार्यलाई अझ मजबुत बनाउने छ।”

त्यसैगरी प्रमुख अतिथि प्रदेशसभा सदस्य बेल बहादुर रानाले भन्नुभयो, “रामलीला केवल नाटक मात्र होइन, यो हाम्रो समाजको मूल्य, आदर्श र संस्कृतिको प्रतीक हो। यसले बालबालिका र युवालाई सदाचार र सत्यको बाटोमा प्रेरित गर्नेछ।”

नगरप्रमुख किशोर कुमार लिम्बूले आफ्नो मन्तव्यमा भन्नुभयो, “नगरपालिकाले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तर प्रोत्साहन गर्नेछ। रामलीलाले यहाँको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु।”

यस उद्घाटनमार्फत आगामी २०८२ साल असोज १२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने रामलीला महोत्सवको औपचारिक सुरुआत गरिएको हो। भगवान श्रीरामको पावन चरित्रमाथि आधारित रामलीला नाटकहरू बालमैत्री मंचमा दैनिक प्रस्तुत गरिनेछन्।

आयोजक समितिका अनुसार यस कार्यक्रममार्फत विशेषगरी बालबालिका र युवामा धर्म, संस्कार, संस्कृति र नैतिकताको सन्देश फैलिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech