ट्रेण्डिङ

कञ्चनपुर,
Gen-Z पुस्ताद्वारा सुरू गरिएको आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक अन्योलता र संवैधानिक जटिलताबारे दोधारा चाँदनी नगरपालिकाको सभाहलमा आइतबार एक खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

दोधारा चाँदनी स्वतन्त्र समूहको आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले आन्दोलनका कारण देखिएका राजनीतिक परिस्थितिहरू, यसको सम्भावित प्रभाव र समाधानका उपायहरूबारे विस्तृत छलफल गरेका थिए।

कार्यक्रमको अध्यक्षता भिम कुमालले गर्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा भन्नुभयो –
“Gen-Z पुस्ताद्वारा सुरु गरिएको आन्दोलनले युवामा जागरुकता ल्याएको छ। तर यसका कारण उत्पन्न राजनीतिक अन्योल र संवैधानिक जटिलता समाधान गर्न सबै सरोकारवालाले मिलेर काम गर्न आवश्यक छ। हामीले लोकतन्त्र, स्थायित्व र न्यायको पक्षमा सदैव योगदान दिनुपर्छ।”

कार्यक्रमको सञ्चालन श्याम सुनारले गर्नुभएको थियो। प्रमुख अतिथिहरूमा भक्त बहादुर सुनार, निलम खत्री, दल बहादुर नेपाली, भरत सर्जन, हरिश चन्द्र सुनार, रमेश सुनार, धन बहादुर सुनार, सुनिता नेपाली, बुदे सुनार र देब बहादुर सुनारलगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशमा स्थायित्व, समानता र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन सबै राजनीतिक दल र नागरिक समाज एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech