Clickable Banner Ad

भारतबाट बर्ड फ्लुको खतरा : नेल्टाका अध्यक्ष भट्टले कृषकलाई सचेत रहन गरे आग्रह

कञ्चनपुर – नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) कञ्चनपुरका अध्यक्ष गोविन्द भट्टले भारतीय सीमा नजिकका जिल्लामा फैलिएको बर्ड फ्लु (H5N1) नेपाल प्रवेश रोक्न विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

Advertisement

भारतीय पत्रिका अमर उजाला का अनुसार उत्तराखण्डको बागेश्वर र उधमसिंह नगर जिल्लामा बर्ड फ्लु फैलिएको छ। यस अवस्थाले नेपालमा पनि जोखिम बढाएको भन्दै अध्यक्ष भट्टले विशेषगरी कैलाली र कञ्चनपुरका कुखुरा पालक कृषकहरूलाई सतर्क रहन आह्वान गरेका हुन्।

“भारतबाट चोरी–छिपी कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिन सक्ने सम्भावना छ। रोग नेपालमा नफैलियोस् भन्ने उद्देश्यले सबै सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ,” भट्टले भने।

भट्टका अनुसार सीमावर्ती नाकामा निगरानी कडा गर्न, अनुगमन टोली सक्रिय पार्न र कृषकहरूलाई समयमै जानकारी गराउनै अहिलेको मुख्य आवश्यकता हो।

Loading

Advertisement
Advertisement