Clickable Banner Ad

सैपाल ग्यास प्रा.लि.को आयोजनामा कालिका र चाँदनीमा तीज विशेष मेहेन्दी कार्यक्रम सम्पन्न

दोधारा चाँदनी, ९ भदौ ।
तीजको अवसरमा दोधारा चाँदनी नगरपालिकामा सोमबार तीज विशेष निःशुल्क मेहेन्दी कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाकी उपप्रमुख गङ्गा जोशीले आफ्नै हातमा मेहेन्दी लगाएर कार्यक्रमको उद्घाटन गर्नुभयो।

Advertisement

सैपाल ग्यास प्रा.लि., गोदावरी कैलालीको आयोजनामा र रावत ग्यास एजेन्सी (कालिका बजार–९), जय हमशेखर ट्रेडर्स (गार्डेनचोक–६, हेल्थ पोस्ट) र श्री बोहरा ट्रेडर्स (बाबाथान बजार–७) को सहकार्यमा कालिका हाटबजार–९ र चाँदनी हाटबजार–४ मा कार्यक्रम गरिएको हो।

कार्यक्रममा स्थानिय १० जना महिला ब्यूटी पार्लर व्यवसायीलाई परिचालन गरिएको थियो। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको कार्यक्रममा दुई स्थानमा गरी करिब १,५०० जना महिलालाई मेहेन्दी लगाइएको कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष जङ्गु रावतले जानकारी दिनुभयो।

कार्यक्रमले तीज पर्वलाई अझ रमाइलो र सजीव बनाउन योगदान पुगेको स्थानीय बासिन्दा तुलसी रावतले बताए। महिलाको चाडमा यस प्रकारका सामाजिक गतिविधि सराहनीय रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमको समन्वय कालिका हाटबजार व्यवस्थापन समितिले गरेको थियो। स्थानीय समुदायमा महिलामैत्री र सांस्कृतिक प्रवर्द्धन गर्ने खालका यस्ता कार्यक्रमले उत्साह थपेको जनाइएको छ।

Loading

Advertisement
Advertisement