ट्रेण्डिङ

कञ्चनपुर,कञ्चनपुरको बेतकोट नगरपालिकाको न्यायक समितिमा पछिल्ला तीन आर्थिक वर्षमा जम्मा २९१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २२० वटा विवाद समाधान भइसकेका छन् भने ७१ वटा अझै प्रक्रियामा रहेको समितिका संयोजक तथा नगर उपप्रमुख तुलसी जोशीले जानकारी दिनुभयो।

आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका २८ मध्ये २५ मुद्दा फर्छ्यौट भए। त्यस्तै २०८०/८१ मा दर्ता १२२ मुद्दामध्ये ९० समाधान भए भने हालै सम्पन्न आर्थिक वर्ष २०८१/८२ मा १४० मुद्दा दर्ता हुँदा १०४ वटा विवाद फर्छ्यौट भएका छन्।

न्यायक समितिमा दर्ता हुने मुद्दाहरू मुख्यतया लेनदेन, घरायसी विवाद, बाटो सम्बन्धी, अंशबण्डा, घरेलु हिंसा र चोटपटकसँग सम्बन्धित हुने गरेको संयोजक जोशीले बताउनुभयो।

विवाद समाधानलाई सहज बनाउन नगरपालिकाका दशै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ। गाउँमै विवाद मिलाउने प्रणालीका कारण समय र खर्च दुबै बचत हुने र यसले न्यायक समितिलाई सशक्त बनाएको उपप्रमुख जोशीको भनाइ छ।

“विवाद हुनु आफैंमा नराम्रो होइन, तर त्यसलाई सकारात्मक ढंगले समाधान गर्ने हो भने सहकार्य र विकासको बाटो खुल्छ,” उहाँले भन्नुभयो।

बेतकोट नगरपालिकाको यो अभ्यासले स्थानीय स्तरमा न्याय प्राप्ति सहज, सुलभ र प्रभावकारी बनेको विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech