दोधारा चाँदनी, साउन २ – दोधारा चाँदनी अस्पताल, कञ्चनपुरले आपतकालीन अवस्थामा रक्त आवश्यक पर्ने बिरामीहरूको जीवनरक्षाका लागि इच्छुक रक्तदाताहरू दर्ता गर्न आह्वान गरेको छ।
अस्पतालका अनुसार इच्छुक व्यक्तिहरूले आफ्नो नाम, सम्पर्क नम्बर, रक्त समूह र फोटो सहितको विवरण प्रशासन शाखामा बुझाउन सक्नेछन्। अस्पतालले संकलित विवरणको आधारमा आकस्मिक अवस्थामा रक्तदान गर्न सहज हुने जनाएको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जीवन किरण स्नेही आपतकालीन समयमा जीवन बचाउन रक्तदाताको सूची आवश्यक भएको भन्दै स्थानीयवासीलाई सक्रिय सहभागिताको लागि आग्रह गरेका छन्।
सम्पर्क व्यक्ति : राजु गुरुङ, प्रशासन शाखा प्रमुख (फोन नं. ९८४६१३५१४६)

![]()