Clickable Banner Ad

गरिब तथा विपन्न विद्यार्थीलाई लक्षित गर्दै रामलिला कार्यक्रम सञ्चालन हुने

दोधारा चाँदनी नगरपालिका–७ बाबाथानमा बिगत लामो समयदेखि ऐतिहासिक रूपमा सञ्चालन हुँदै आएको रामलिला कार्यक्रमलाई यस वर्ष (२०८२) अझ सुदृढ, सभ्य र भव्य रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

Advertisement

कार्यक्रमलाई प्रभावकारी बनाउन तथा संकलित आयबाट श्री लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न र आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूको पढ्ने–लेख्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित “अक्षय कोष” निर्माण गरिने निर्णय गरिएको छ।

यसै सन्दर्भमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर रावतको अध्यक्षतामा १३ सदस्यीय श्री आदर्श रामलिला व्यवस्थापन समिति गठन गरिएको हो। समितिको पदाधिकारी तथा सदस्यहरूमा उपाध्यक्षमा सुरज थापा क्षेत्री, सचिवमा करन बहादुर मगर, सह–सचिवमा महेश नेपाली, कोषाध्यक्षमा रुद्र बहादुर दर्लामी मगर, सदस्यहरूमा गणेश बहादुर खड्का, राधिका मल्ल, नन्दा गुरुङ, दुर्गा प्रसाद सापकोटा, रेशम बहादुर शाही, लोक बहादुर नाथ, दल बहादुर नेपाली र माया देवी पुन रहेका छन्।

Loading

Advertisement
Advertisement