Clickable Banner Ad

महाकाली नदीमा बेवारिसे शव फेला

दोधारा– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ दाराताल नजिकै महाकाली नदीमा मंगलबार दिउँसो एक बेवारिसे शव फेला परेको छ।

Advertisement

वडा नं–४ का अध्यक्ष भक्त बहादुर सुनारका अनुसार आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको खोजी कार्य भइरहेको बेला उक्त शव फेला परेको हो।

शवको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा शव उद्धार गरिएको हो।

प्रहरीका अनुसार शवलाई पोस्टमार्टमपछि गाडिने तयारी गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement