ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरस्थित खेलमैदानमा सम्पन्न दोस्रो ९ साइड लिग फुटबल प्रतियोगितामा मण्डली युवा क्लब–६ विजयी भएको छ।

श्री ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रको आयोजनामा श्रावण ६ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मङ्गलबार सम्पन्न भएको हो। निर्णायक खेलमा मण्डली युवा क्लब–६ ले सुन्दरनगर टिमलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

खेलको २० औँ मिनेटमा सुन्दरनगरका खेलाडी साजन गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा मण्डली युवा क्लब–६ का खेलाडीले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए। निर्धारित ७० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि आयोजकले खेलको निर्णयका लागि पेनाल्टी सुटआउटको निर्णय गरेको थियो।

पेनाल्टी सुटआउटमा मण्डली युवा क्लब–६ का प्रेम सुनार, बबुल क्षेत्री र सन्देश लामिछानेले गोल गर्दै टिमलाई विजय दिलाएका थिए।
उक्त प्रतियोगिता युवाबीचको खेल कौशल प्रदर्शनको थलो मात्रै नभई स्थानीय खेलकुद विकासमा थप उत्साह थप्ने मंचसमेत बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567