दोधारा चाँदनी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगर अधिवेशनबाट लोकबहादुर चन्द नगर सभापतिमा निर्विरोध चयन भएका छन्।
बुधबार २०८३ असोज ७ गते सम्पन्न अधिवेशनबाट चन्दको नेतृत्वमा नगर कार्यसमिति चयन गरिएको हो। नगर उपसभापतिमा माया कुमारी पुन मगर र गगनबहादुर सिंह, सचिवमा कुशाल सिंह साउद तथा सहसचिवमा सुसिल राना मगर चयन भएका छन्।

नगर अधिवेशनबाट युवा सदस्यमा भरतबहादुर क्षेत्री तथा विभिन्न वडाबाट महिला र सदस्यहरू पनि चयन भएका छन्।
अधिवेशन नगर उपसभापति रामकृष्ण जोशीको सभापतित्वमा सम्पन्न भएको हो। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सन्तोषी साउद ऐरी प्रमुख अतिथि तथा पूर्व सामाजिक विकास मन्त्री बेलबहादुर राना विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
अधिवेशनमा सुदूरपश्चिम प्रदेश सदस्य कृष्ण पाठक, महासमिति प्रतिनिधि जगबहादुर चन्द, जिल्ला सहसचिव नाफु सिंह साउद, पूर्व जिल्ला सदस्य जसराज गिरीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरूको विवरण कांग्रेस नगर उपसभापति रामकृष्ण जोशीले जानकारी दिएका हुन्।
नवनिर्वाचित सभापति लोकबहादुर चन्दको नेतृत्वमा दोधारा चाँदनीमा पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने उद्देश्यसहित आगामी गतिविधि अघि बढाइने जनाइएको छ।



