ट्रेण्डिङ

कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी चक्रदेव भट्ट फेरि विवादको केन्द्रमा आएका छन्। सशस्त्र प्रहरीका जिल्ला प्रमुखसँग भएको भनिएको टेलिफोन संवाद सार्वजनिक भएपछि भट्टको कार्यशैली र सुरक्षा निकायसँगको संवादलाई लिएर प्रश्न उठेको हो।

सार्वजनिक भएको अडियोमा भट्टले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको गाडीको विषयमा चासो राख्दै उक्त गाडी भन्सार कार्यालयमा पठाउन आग्रह गरेको सुनिन्छ।

अडियोमा भट्टले बाटोमा गाडी तथा सामानलाई दुःख नदिन चेतावनी दिँदै गाडी भन्सारमा नपुगे आफूले माथिल्लो तहसम्म कुरा लैजाने बताएका छन्।

उनले ‘भोलि भन्सार पुगेन या छुटेन भने म सिधै हजुरको आईजीपी र गृहमन्त्रीलाई हान्छु’ भनेको सुनिन्छ। त्यस्तै, गाडी वा सामानको विषयमा फरक परे सम्बन्धित उच्च अधिकारीहरूलाई जानकारी गराउने चेतावनीसमेत दिएको सुनिन्छ।

संवादका क्रममा भट्टले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गाडी नियन्त्रणमा लिएको विषयमा प्रश्न गर्दै ‘त्यो कुनै आतंकवादी थियो र?’ भन्दै प्रश्न गरेका छन्।

त्यसपछि उनले गाडी नियन्त्रणमा लिनुको पछाडि आर्थिक लेनदेनको आशंका व्यक्त गर्दै ‘पैसा नपाएपछि समातेको होइन सर त्यो?’ भनेर प्रश्न गरेको सुनिन्छ। जवाफमा सशस्त्र प्रहरीका अधिकारीले पैसा पाए वा नपाएको विषय आफूलाई थाहा नभएको बताएका छन्।

अडियोको अन्त्यतिर भट्टले आफूले दिएको चेतावनीलाई नै ‘मेरो च्यालेन्ज पनि हो’ भनेको सुनिन्छ।

पत्रकारमाथि हातपातको भिडियो भाइरल भएको घटना

भट्ट यसअघि पनि विवादमा आएका थिए। केही महिना अगाडि रिपोर्टिङका क्रममा दोधारा चाँदनी खबरका पत्रकार भुपेन्द्र ओलीमाथि गालीगलौज तथा हातपात भएको भिडियो नै सार्वजनिक भएर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियोमा पत्रकार ओलीमाथि भएको भनिएको व्यवहारलाई लिएर पत्रकारिता क्षेत्रबाट समेत प्रश्न उठेको थियो।

त्यस घटनाको चर्चा सेलाउन नपाउँदै अहिले भट्ट र सशस्त्र प्रहरीका अधिकारीबीच भएको भनिएको टेलिफोन संवाद बाहिरिएको हो।

यसले भट्टको सार्वजनिक पदमा रहँदा सञ्चारकर्मी र सुरक्षा निकायसँग गर्ने व्यवहार तथा कार्यशैलीमाथि पुनः प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech