ट्रेण्डिङ

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थित फोरलेन पुलमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकै परिवारका आमा-छोरीसहित घाइते भएका छन्।

महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ आउँदै गरेको सु.प.प्र. ०२००१ ह १६६९९ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

दुर्घटनामा परी डडेलधुराको आलिताल गाउँपालिका वडा नं. ८ डोलो बस्तीका २६ वर्षीया ललिता सारु मगर र उनकी १२ महिनाकी छोरी मेघना सारु मगर घाइते भएका छन्। दुर्घटनामा छोरी मेघनाको पेट, बायाँ गाला र छातीमा चोट लागेको छ भने आमा ललिताको पेटको बाहिरी भागमा चोट लागेको छ। साथै, ललिताका छोरालाई पनि चोट लागेको छ।

दुर्घटना लगत्तै घाइतेहरूलाई दोधारा चाँदनी नगर अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल रेफर गरिएको छ।

दुर्घटना पछि फरार रहेको मोटरसाइकलको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech